बिहिबार, ०३ असोज २०८१

गौमुलको कुमारी बैंक चोरीको आशंमा तीन जना पक्राउ, पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्रमा रहेको कुमारी बैंक सहीत घट्मुना बजारमा रहेका पाँच वटा पसल तोडफोड गरी चोरी गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिसि टिभी फुटेजको साहारामा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताएको छ । 

आशंका गरिएका तीन जनालाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । लगाएको हुलिया र सिसि टिभी फुटेजको दृश्य अनुसार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक रवीन्द्रसिंह कार्कीले बताएका छन् । 

उहाँका अनुसार थप अनुसन्धान सहीत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताएका छन् । नाम गोप्य राखेपनि पक्राउ परेका तीनै जना बडीमालिका नगरपालिका भित्रकै रहेको प्रहरीले बताएको छ । 

शुक्रबार मध्ये राति २ः०० बजेको समयमा बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको मनिटर लिएको सिसी टि.भी.फुटेजमा देखिएको छ । अज्ञात व्यक्तिले बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेको समेत देखिएको थियो । 

यस्तै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी भएको बताईएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र घट्मुना बजारमा रहेका ५ वटा पसलहरु तोडफोड गरी चोरी गरिएका छन् । स्थानीय व्यापारी चन्द्र रोकाया, सरिता रोकाया, गणेश थापा, सुशीला रोकाया र ज्ञान बहादुर सुनारको पसलमा चोरी भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस