बिहिबार, ०३ असोज २०८१

नेकपा एमाले बाजुरामा २३ सदस्यीय सचिवालय गठन, ६९ वटा वडाका इन्जार्चपनि तोकिए

बाजुरा : नेकपा एमाले बाजुराले २३ सदस्यीय सचिवालय गठन गरेको छ । ८९ जनाको जिल्ला कमिटी मध्येबाट २५ प्रतिशत सचिवालय बनाउन पाउने पार्टी विधान अनुसार २३ सदस्यीय सचिवालय गठन गरेको सचिव काशी विकले जानकारी दिएका छन् । 

पाँच जना पदाधिकारी सहीत सिनियर जिल्ला कमिटी सदस्यहरु रहने गरि सचिवालय गठन गरिएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । एमालेले गठन गरेको सचिवालयमा अध्यक्ष लालबहादुर ओली, उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी विक, उपसचिव हरि रोकाया र राजकला सार्की रहेका छन् ।

यसैगरी दिलबहादुर रावत, अमर खड्का, तुलसीराम रोकाया, रामबहादुर बानीयाँ, हिक्मत बहादुर थापा, मन्देवी ओली, सिता थापा, कालीबहादुर धराला, मनलाल दमाई, चन्द्रबहादुर सार्की, कृष्ण कुमार बम, कटक बहादुर विष्ट, कोपीला सिंह, माया कुँवर, सिता शाही, खडक बहादुर साउँद र राजन कुमार रोकाया रहेका छन् । 

पार्टी जिल्ला कमिटीको दोस्रो बैठकले प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी पनि बनाएको छ । निर्वाचन क्षेत्र कमिटी क को अध्यक्ष कालीबहादुर धराला, उपाध्यक्ष जापना शाही र सचिव जंगवीर रोकाया छन् । भने प्रदेश निर्वाचन क्षेत्र ख मा दीलबहादुर रावत अध्यक्ष, पदम भण्डारी उपाध्यक्ष र धर्मराज पाध्याय सचिव रहेका छन् ।

जिल्ला कमिटी सदस्य नै वडा इन्चार्ज रहने प्रावधान अनुसार बैठकले सबै वडाको जिम्मेवारीपनि भाववण्डा गरेको छ । जसमा बुढीनन्दा नगरपालिकाको १ मा मनलाल दमाइ, २ मा झलक कार्की, ३ मा जंगवीर रोकाया, ४ मा सरु दमाई, ५ मा रुद्र मल्ल, ६ मा शुशिला शाही, ७ मा शंकर चदारा, ८ मा केशव शाही, ९ मा नृप भोटे र १० मा दिलबहादुर थापा भोटे इन्चार्ज तोकिएका छन् । 

बडीमालिका नगरपालिकाको १ मा अंगे रावल, २ मा गोपाल खड्का, ३ मा विनीता रावल, ४ मा दुर्गा थापा, ५ मा धर्मराज पाध्याय, ६ मा कृष्ण खड्का ७ मा जंग विक, ८ मा सरिता नेपाली र ९ मा माया खड्काले जिम्मेवारी पाएका छन् । 

बुढीगंगा नगरपालिकाको १ मा गणेश थापा, २ मा पदम भण्डारी, ३ मा विमला थापा, ४ मा माया कुँवर, ५ मा देवुकुमारी खाती, ६ मा हिक्मत थापा, ७ मा गणेश सुनार, ८ मा रुक्मणी शाह, ९ मा हंश सिंह र १० मा नरेन्द्र थापाले जिम्मेवारी पाएका छन् । 

त्रिवेणी नगरपालिकाको १ र २ मा जनक बहादुर शाह, ३, ४ र ५ मा सन्तोष शाही, ६ र ७ मा खडक बहादुर साउँद,  ८ र ९ मा पार्वती विष्टले जिम्मेवारी पाएका छन् । स्वामिकात्र्तिक खापर गाउँपालिकाको १ मा मनबहादुर रोकाया, २ मा जापना कुमारी शाही, ३ मा सिता शाही, ४ मा धुब्र सिंह र ५ मा रवीन्द्र शाहीले जिम्मेवारी पाएका छन्  ।

हिमाली गाउँपालिकाको १ मा १ र २ मा धनरुप बुढा, ३ मा धिर्कला सुनार, ४ र ५ मा मोहनजंग मल्ल, ६ मा पूर्ण रोकाया र ७ मा रमेश अधिकारीले जिम्मेवारी पाएका छन् । गौमुल गाउँपालिकाको १ मा देवेन्द्र रोकाया, २ मा देवबहादुर रोकाया, ३ मा गोरख बोहरा, ४ मा अमर विक, ५ मा धनलक्ष्मी जोशी र ६ मा गीता रोकायाले जिम्मेवारी पाएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाको १ मा लोगबहादुर विक, २ मा मानबहादुर बुढा, ३ मा विक्रम सुनार, ४ मा ललित सार्की, ५ मा दिलबहादुर रावत, ६ मा बुदी देवी रावत र ७ मा विमला ओली दानीले इन्चार्जको जिम्मेवारी पाएका छन् । जगन्नाथ गाउँपालिकाको १ मा हिरा रोकाया, २ मा डबल विक, ३ मा डम्मर शाही, ४ मा चन्द्रबहादुर सार्की, ५ मा विनोद शाही र ६ मा कटक विष्टले जिम्मेवारी पाएका छन् । 

६ विभाग, १ वटा जनसंगठन मोर्चाको पनि जिम्मेवारी तोकिएको छ । भने मंसिर भित्र जनसंगठनका अधिवेशन गरि सक्न निर्देशन दिएको छ । असोज १३, १४ र १५ गते प्रशिक्षण कार्यक्रम राख्ने निर्णय सहीतको तयारी नेकपा एमालेले थालेको छ । 
 

प्रतिक्रिया दिनुहोस