सोमबार, १९ जेठ २०८२

एक थान ऐनका लागि एकवर्षदेखि कर्मचारी आन्दोलित, स्थानीय तहको कामकाज ठप्प

ऐनको अभावमा स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापनसँगै समग्र सेवा प्रवाह समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले बताउँदै आएका छन् । नेपालको संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन प्रदेश सरकारले बनाउने व्यवस्था छ । तर अन्य ६ प्रदेशले ऐन ल्याएर कार्यान्वयन गरिसक्दा समेत सुदूरपश्चिम सरकार भने ऐन ल्याउन सकेको छैन् । ल्याउने गरि इच्छाशक्ति नै नदेखाएकोले आन्दोलन गर्नु परेको आक्रोश उनीहरुसँग छ ।

बिहिबार ०१, जेठ २०८२ १०:३७

पार्वती माविले मनायो अभिभावक दिवस, विद्यालय र अभिभावकको सम्बन्ध अझ सुदृढ हुने विश्वस

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज पाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास, र अतिरिक्त क्रियाकलापहरूको विवरण समावेश गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नृत्य, नाटक, र अन्य सांस्कृतिक काक्रमहरू प्रस्तुत गरेका थिए ।

शुक्रबार १६, जेठ २०८२ १०:४१

बडीमालिका ४ का स्थानीय भन्छन् : पानी, सडक, विजुली गाउँपुग्यो, अब उत्पादनसँग जोडिने योजना चाहियो

वडा अध्यक्ष अर्जुन नाथको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि स्थानीयले गाउँमा सडक, विजुली, खानेपानी पुगिसकेकोले अब उत्पादन र अवसरसँग जनता जोडिनु पर्ने सुझाव दिएका छन् । विद्यालय सञ्चालनमा छ । स्वास्थ्य सुविधा पनि उपलब्ध छ । खानेपानी बनेकै छ । विजुली बलेकै छ । सडक पुगिसकेको अवस्था छ । अब दैनिक आम्दानी हुने कार्यक्रम र योजनालाई प्राथमिकतामा राख्न स्थानीय विनोद सिंहले आग्रह गरेका छन् ।

शनिबार १७, जेठ २०८२ ०९:४७

बडीमालिका ६ का स्थानीयले पालिकाको कामको प्रंशसा गदै भने- खानेपानी व्यवस्थापन र शिक्षा सुधारमा थप बजेट चाहियो

उनीहरुले वडाले सञ्चालन गरेका योजनाको काम प्रभावकारी भइरहेको र खानेपानी योजनाको मात्रै दीगोपनामा जोड दिन आग्रह गरेका छन् । उनीहरुले शैक्षिक सुधारमा लगानी गरिदिन माग गरेका छन् । वडामा रहेका दुबै माध्यमिक विद्यालयमा शैक्षिक दरबन्दी नभएको र कैलाश माविलाई अघिल्लो वर्षबाट मात्रै २ कक्षा थपेर १० सम्म बनाएको थप शैक्षिक जनशक्ति र भौतिक संरचना आवश्यक रहेको उनीहरुको माग छ ।

सोमबार १९, जेठ २०८२ ०८:२९

बडीमालिका ५ का स्थानीयको एउटै स्वर : वडामा विकास भइरहेकै छ, विद्यालय सुधार गरौं

समृद्धि बहसले पालिकाको विकासमा सकरात्मक उर्जा दिने भन्दै पत्रकार समेत रहेका स्थानीय राजेन्द्र विकले वडामा सबैजसो सुविधाको स्थानीय उपभोग गरिरहेकोमा खुसी व्यक्त गर्दै मनाको विद्यालय नै सुधार गर्न आग्रह गरेका छन् । उनले उपभोक्ता समितिको काम र वडाको काममा पारदर्शीता हुनु पर्नेमा जोड दिएका छन् । वडाले सबैराजनीतिक दललाई एकसाथ लिएर अघि बढ्न पनि विकको सुझाव थियो ।

सोमबार १९, जेठ २०८२ ०१:१२