बुधबार, २१ जेठ २०८२

बडीमालिका ६ का स्थानीयले पालिकाको कामको प्रंशसा गदै भने- खानेपानी व्यवस्थापन र शिक्षा सुधारमा थप बजेट चाहियो

बाजुरा : बडीकालिका नगरपालिका ६ का स्थानीयले वडामा खानेपानीको व्यवस्थापन गर्न माग गरेका छन् । बार्षिक समीक्षा तथा समृद्धि संवादका लागि वडामा पुगेका नगर प्रमुख र उपप्रमुख सहीतको टोलीलाई स्थानीयले जडागां बस्ती र २ वटा विद्यालयमा खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।

उनीहरुले वडाले सञ्चालन गरेका योजनाको काम प्रभावकारी भइरहेको र खानेपानी योजनाको मात्रै दीगोपनामा जोड दिन आग्रह गरेका छन् । उनीहरुले शैक्षिक सुधारमा लगानी गरिदिन माग गरेका छन् । वडामा रहेका दुबै माध्यमिक विद्यालयमा शैक्षिक दरबन्दी नभएको र कैलाशेश्वरी माविलाई अघिल्लो वर्षबाट मात्रै २ कक्षा थपेर १० सम्म बनाएको थप शैक्षिक जनशक्ति र भौतिक संरचना आवश्यक रहेको उनीहरुको माग छ । 

वडाले तीनवर्षमा पालिका सरकारबाट गएका ८८ लाख ६२ हजारका योजना कार्यान्वयन गरेको छ । भने संघ र प्रदेश सरकारबाट प्राप्त ४ करोड ७० लाखको अनुदानका योजना कार्यान्वयन गरेको कार्यबहाक वडा अध्यक्ष प्रेमबहादुर बडुवालले बताएका छन् । 

बडुवालकै अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा कुमारी थापा रहनु भएको थियो । कार्यपालिका सदस्य निर्मला बडुवाल, वडा सदस्य परे बडुवाल सहीत सहभागि थिए । उत्पादनका गतिविधीलाई प्राथमिकतामा राखेर योजना छनोट गर्न उनीहरुको सुझाव छ । उनीहरुले पशु र कृषि प्राविधिकलाई वडामा पठाइदिन पनि अनुरोध गरेका छन् । 

सडक स्तरोन्तीको माग गरेका स्थानीयले वडा कार्यालय भवन निर्माण कार्य सकिन लागेको, स्वास्थ्य र अन्य सेवा प्रवाहको अवस्थाm सन्तोषजनक रहेकोले खानेपानी र शिक्षक दरबन्दीलाई ध्यानदिइदिन आग्रह गरेका छन् । सहभागिले युवा बालबालिका र दलित महिला लक्षित कार्यक्रमलाई पनि बिशेष स्थान दिनु पर्ने माग गरेका छन् ।

बडीमालिका नगरपालिकाका अन्य वडाको तुलनामा ६ नम्बर कोर्धमा धेरै बजेट आएकोमा स्थानीयले पनि खुसी व्यक्त गरेका छन् । वडाका तर्फबाट कार्यबहाक वडा अध्यक्ष प्रेमबहादुर बडुवालले स्थानीयले माग गरेका योजनालाई समेत प्राथमिकतामा राख्न आफुहरु तयार रहेको बताएका छन् । योजना छनोट पूर्व सबै पक्षलाई बोलाएरु समीक्षा र छलफल गरिने जानकारी बडुवालले गरेका हुन् । 

कार्यपालिका सदस्य निर्मला बडुवालले आउनु पर्ने जति गुनासा र प्रश्न नआएपनि होटल पसलमा गरिने आलोचना र विरोधका कुरा मेयर उपमेयरको सामु राख्न आग्रह गर्दै आफ्नो जिम्मेवारी केही नहुने र जनप्रतिनिधीको मात्रै हो, भन्ने सोचबाट जनता मुक्त हुनु पर्ने धारणा राखेकी थिइन् । 

राजनीतिक दल, उपभोक्ता समिति, शिक्षा, कृषि, स्वास्थ्यका प्रतिनिधी, महिला बालबालिका र दलित मञ्चका प्रतिनिधी, विद्यालयका प्रअ सहीत आम सर्वसाधरण सहभागि थिए । जवाफमा नगर उपप्रमुख नन्दा कुमारी थापाले पालिकाले योजना छनोट गरि तपाईलाई कार्यान्वयन गराउने भन्दा पनि आवश्यकतालाई ध्यानमा राखेर वडास्तरबाटै छनोट गरि पठाउन आग्रह गरेकी छन् ।

योजना अनुगमनको क्रममा धेरै त्रुटी देखिने गरेकोले योजना प्रति अपनत्व लिन पनि उपभोक्तालाई आग्रह गरेकी छन् । थापाले विद्यालयमा देखिएको समस्यालाई संवोधन गर्न आफूहरु तयार रहेको बताएकी छन् । वडा सचिवले सञ्चालन र सहजिकरण गरेको कार्यक्रममा नगर प्रमुख अमर खड्काले अव निर्माणका कामलाई नभइ उत्पादन र आयआर्जनका काममा लगानी गर्ने बताएका छन् ।

केरा र पशुपालनको पकेट क्षेत्र, आलु र अन्य खेतीको उर्वरभूमि कोर्धलाई निर्माण भन्दा बढी उत्पादन र आयआर्जनका योजनामा लगानी गर्ने पक्षमा पालिका रहेको नगर प्रमुख खड्काले बताएका छन् । योजना माग्ने, काम नगर्ने प्राविधिक र जनप्रतिनिधीलाई धम्काउने यस्तो मान्यताबाट मुक्त हुन आग्रह गर्दै खड्काले कृषि खेतीलाई व्यवसायीक गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख खड्काले पानीको समस्या देखाउने तर विभिन्न शिर्षक र दाताका तीनवटा योजना एउटै गाउँमा निर्माण गरि झारोटार्ने काम नगर्ने अनुरोध गरेका छन् । एउटै घरमा तीन धारा निर्माण गरिएको र २ मा पानी आइरहेको र १ मा नआएको विषयलाई जोड्दै खड्काले दोहोरोपनाका कार्यक्रम र आर्थिक लाभका लागि आएको योजनामा बिशेष निगरानी गरिने बताएका छन् । 

स्थानीय वडाको समृद्धि बहसले केही नयाँ सिकाइ आदान प्रदान र अनुभव प्राप्त भएको बताएका छन् । योजना बारे जानकारी पनि पाउने, जनप्रतिनिधीसँग भेटघाट पनि हुने र आफ्ना गुनासा र सुझाव पनि सुनाउन पाइने कुराको निरन्तरता दिन आग्रह गरेका छन् । कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस