सोमबार, १९ जेठ २०८२

बडीमालिका ४ का स्थानीय भन्छन् : पानी, सडक, विजुली गाउँपुग्यो, अब उत्पादनसँग जोडिने योजना चाहियो

बाजुरा : बडीमालिका नगरपालिका ४ का स्थानीयले आम्दानी र उत्पादनसँग जोडिने योजना दिन नगरपालिकासँग आग्रह गरेका छन् । हेलो मेयर कार्यक्रम अन्र्तगत बार्षिक समीक्षा तथा समृद्धि बहसमा सहभागि स्थानीयले दैनिक आयआर्जन हुने योजनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । 

वडा अध्यक्ष अर्जुन नाथको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि स्थानीयले गाउँमा सडक, विजुली, खानेपानी पुगिसकेकोले अब उत्पादन र अवसरसँग जनता जोडिनु पर्ने सुझाव दिएका छन् । विद्यालय सञ्चालनमा छ । स्वास्थ्य सुविधा पनि उपलब्ध छ । खानेपानी बनेकै छ । विजुली बलेकै छ । सडक पुगिसकेको अवस्था छ । अब दैनिक आम्दानी हुने कार्यक्रम र योजनालाई प्राथमिकतामा राख्न स्थानीय विनोद सिंहले आग्रह गरेका छन् ।

थोरै भएपनि केही भएको कुरामा पनि स्थानीयको असन्तुष्टी हुनु दुखत विषय रहेको बताउँदै उहाँले राज्यले दिनसक्ने सामाथ्र्यको सबै सुविधा दिएकोमा गर्वमहशुस गर्नु पर्ने सुझाव सिंहको छ । पाथरकोट निमाविका प्रअ राजेन्द्र सिंहले शिक्षा क्षेत्र सुधार हुँदै गएपछि गणित विज्ञान विषयको शिक्षक पदपूर्ति गर्नै मुस्कील भएको गुनासो गरेका छन् ।

बडीमालिका ४ रिलामा पहिरोले केही समस्या परेको भएपनि खानेपानी, विद्युत र कच्ची सडक बाटो पुगिसकेको छ । जमिन व्यवस्थापन नगरिँदा वडा कार्यालय निर्माण गर्ने काम बाहेक सबैजसो जनताका आधारभुत कामहरु वडामा भइरहेको पूर्व वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन् ।

कृषि खेती, पशुपालन, र उत्पादनका विषयमा जोड्न र योजनालाई निर्माणमा भन्दा उत्पादनमा बढी जोड दिन उनीहरुको सुझाव छ । वडाका सबैजसो राजनीतिक दल, स्थानीय वुद्धिवीजी, उपभोक्ता समिति, शिक्षक, विव्यस सहीतको सहभागिता रहेको कार्यक्रममा उनीहरुले खानेपानी मर्मत र सिँचाइको सुविधालाई ध्यान दिन आग्रह गरेका छन् ।

सानो पाइन र सिमेन्ट अभावले सिँचाइ असुविधा हुँदा कृषि खेती समस्या भएको गुनासो आएपछि नगर प्रमुख अमर खड्काले संवोधन गर्न पालिका तयार भएको बचन दिएका छन् । नगरप्रमुख उपप्रमुखको टोली नै गाउँपुगेपछि स्थानीय खुसी भएका छन् । उनीहरुले अघिल्लो कार्यकाल मेयर देख्नै पाइनौं, उपमेयर मात्रै आउनु हुन्थ्यो, यो पटक दुबैजना आउने जाने गरेकोमा पनि आफूहरु सन्तुष्ट रहेको बताएका छन् ।

योजना गुणस्तरहिन भएकोमा स्थानीयले गुनासो गरेका थिए । उपभोक्ता समिति पनि अनुकुल बन्ने, एउटै व्यक्ति दुईतीन योजनाको उपभोक्तामा बस्ने, प्राविधिकसँग मिल्ने र काम नभएकै अवस्थामा पनि भुक्तानीका लागि सिफारिस हुने गरेको गुनासोलाई अब दोहोरिन नदिने वचन उपप्रमुख नन्दा कुमारी थापाले दिएकी छन् ।

शहरी स्वास्थ्य भवन पनि वर्षदिन नपुग्दै पुरानो बन्न थालेको प्रति चिन्ता व्यक्त गरेकी थापाले आफ्ना लागि हो, सिँचाइ भएपनि खानेपानी भएपनि राम्रो गरौं भन्ने विकास प्रतिको अपनत्वको भावना विकास गर्न स्थानीयलाई आग्रह गरेकी छन् । उहाँले अब प्राविधिकसँगै आफूले पनि बिशेष निगरानी गर्ने र स्वयम स्थानीयपनि जिम्मेवार हुन सुझाव दिएकी छन् ।

स्थानीय गोविन्द्र बहादुर सिंह, कृष्ण बहादुर सिंह सहीतले पनि योजना छनोटमा सबैको सहभागिता गराइने पर्ने सुझाव दिएका थिए । वडापालिकाबाट छनोट हुने योजनामा आफूहरुको सहभागिता नभएको स्थानीय बलबहादुर बुढाले गुनासो गरेका थिए । स्थानीय सडक बनेपछि घर पहिरोले क्षति हुन सक्ने, खानेपानी सुक्न सक्ने जस्ता समस्या सुनाएका थिए । 

जवाफमा वडा अध्यक्ष अर्जुन नाथले विकास पनि चाहिने समस्या पनि देखाउने कुरा राम्रो नहुने भन्दै वडामा राम्रो विकास हुदै गएको दाबी गरेका छन् । सडक बनेकै छ, पानीको सुविधा पनि छ । स्वास्थ्य र शिक्षा पनि राम्रो हुँदै गएको देखिन्छ । सबैकुरामा पूर्ण गर्न सकिदैन्, जनताका माग समेट्न र संवोधन गर्ने प्रयास जारी रहेको बताएका छन् । 

वडा सचिव रामबहादुर नेपालीले सञ्चालन गरेको कार्यक्रमको सहजिकरण प्राविधिक नवराज बुढाले गरेका हुन् । कार्यपालिका सदस्य तुलसी नाथ सहीत सहभागि कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको हो । यतिबेला नगरप्रमुख र उपप्रमुख बार्षिक समीक्षा सहीत समृद्धि बहसलाई लिएर जनगुनासा सुनुवाईका लागि वडा केन्द्रीत बनेका छन् । 
 

प्रतिक्रिया दिनुहोस