शुक्रबार, ३० जेठ २०८२

बडीमालिकामै बन्यो साबुन, हर्पिक र फिनाइल

बाजुरा : बडीमालिकामा साबुन, हर्पिक र फिनाइल उत्पादन गरिएको छ । पालिकाले आयोजना गरेको ७ दिने साबुन, हर्पिक र फिनाइल उत्पादन तालिमका सहभागिले आफ्नै मेहनत गरि उत्पादन गरेका हुन् ।

सानो लगानीमा पनि राम्रो आम्दानी गर्ने गरि उद्यम विकासका लागि पालिकाले सीप विकास तालिम आयोजना गरेको हो । बिशेष गरि महिलाहरुलाई आयआर्जनमा जोड्न साबुन, हर्पिक र फिनाइल तालिम आयोजना गरिएको उद्यम विकास शाखा प्रमुख रञ्जीता शाहीले बताएकी छन् । 

सीप सिकेपछि सानो लगानी गरेर आय–आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर नगरले महिलाहरुलाई सात दिने प्राविधिक सीप विकास तालिम प्रदान गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

बेरोजगार महिलाहरुलाई सीप क्षमता विकास गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको प्रमुख प्रशासकीय अधिकृत पदम माझीले बताएका छन् । नगरपालिका भित्रका महिलाहरुले तालिममा साबुन, फिनेल र हर्पिक बनाउने सीप सिकेका सिकेको उद्यम विकास शाखा प्रमुख रञ्जिता शाहीले बताएकी छन् ।

तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनाइल बनाएर स्वरोजगारीमुखी हुनेलाई पालिकाले सहयोग गर्दै आएको छ । विशेष गरी महिलाहरूको समय खेर गइरहेको  र  फुर्सदको समय पनि सदुपयोग हुने भएकोले तालिम प्रभावकारी भएको छ ।

यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रूपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिने भएको छ । यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको नगर प्रमुख अमर खड्काको भनाई रहेको छ ।

‘त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशत भन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । 
 

प्रतिक्रिया दिनुहोस