सोमबार, १९ जेठ २०८२

कैलाली बहुमुखी क्याम्पसको रोजाइमा परेका यमराज, दोस्रो कार्यकालका लागि सभापतिमा लड्दै

यमराजले पनि आफ्नो जितलाई निरन्तरता दिँदै दोस्रो कार्यकाल ऐतिहासिक बनाउने संकल्प सहीत मैदानमा छन् । दुई वर्षे आफ्नो कार्यकालमा क्याम्पस हितमा उल्लेख्य काम गरेर विद्यार्थी र क्याम्पस प्रशासन दुबैको मन जितेका यमराज त्यसको निरन्तरतामा देखिदा नेविसंघका सन्तोष पन्तले कडा टक्कर दिने देखिन्छ । स्वतन्त्र उठेर टिकट वितरण देखि अन्य आन्तरिक समस्यामा रहेको नेविसंघलाई अनेरास्ववियुका उम्मेदवार यमराजले सहजै पक्षमा पार्ने रणनीतिमा छन् ।

सोमबार २५, चैत २०८१ ०८:०७

गौमुलको शैक्षिक अवस्था : लगानी अनुसार नतिजा कम, अवस्था सुधारोन्मुख

तर उता स्थानीय तहको शैक्षिक गुणस्तर भने दिनप्रतिदिन खस्किन थालेको छ । गौमुल गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक तीन “स” को नीति लिएर समग्र पालिकाको विकास गर्ने गरी गाउँ सभाबाट नै पास गरेर अघि बढेको थियो । तर पछिल्लो शैक्षिक गुणस्तरको अवस्था भने दिनप्रतिदिन खस्किदोँ थालेको छ ।

बुधबार २७, चैत २०८१ ०१:२९

आन्दोलनरत शिक्षक सरकारसँग संवाद गर्न तयार

महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले विधेयकमाथि छलफल गर्न भनेर शिक्षा सचिवले बोलाएका कारण समय मिलाएर जाने निर्णय भएको जानकारी दिइन् । ‘वार्ताका लागि भन्दा पनि छलफलमा हामी जाने हो,’ उनले भनिन्, ‘हामी छलफलमा गए पनि आन्दोलन जारी रहन्छ ।’ शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।

बिहिबार २८, चैत २०८१ ११:२९

एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, नतिजा ढिलो हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा पनि ढिलो हुने भएको छ ।

बुधबार ०३, बैशाख २०८२ १०:१२

जीवन सार्कीले कमाउँछन् फोटो खिचेरै मासिक ७५ हजार

सफल व्यक्तिले एउटै कामलाई फरक शैली र तरिका सोच्छ र सम्पादन गर्छ । सानो अवसरकै कारण सिंगो जीवन बदल्ने गरि सफलता हासिल गर्छ । त्यसको उदारण हुन्, बाजुराको जगन्नाथ गाउँपालिका–६ का जीवन सार्की । इच्छाशक्ति राखेर सोच र तरिका वा शैली मात्रै बदल्न सके, सफलता टाढा छैन्, भन्ने कुराको उदारण हुन्, सार्की ।

बुधबार ०३, बैशाख २०८२ ०८:०८

सद्भाव बाँड्न बाजुरा क्याम्पसको वनभोज

अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी सबैलाई पद बाँडेर स्ववियु गठन गरिएको थियो । जसमा अध्यक्ष अनेरास्ववियु र सचिव नेविसंघ सहीत सबै पदमा भागवण्डा गरिएको थियो । सद्भाव सहीतको राजनीतिक संस्कार देखाएर स्ववियु निर्वाचन सकाएलगत्तै गरिएको वनभोजले पनि राम्रो सन्देश दिने बाजुरा क्याम्पसका प्रमुख रुपक रौलेले बताएका छन् ।

बिहिबार ०४, बैशाख २०८२ ०८:१५

बुढीगंगा ६ को सार्वजनिक सुनुवाइ, पालिकाको काम बारे वडाबासी उत्साहीत

नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजिकरण गरिएको कार्यक्रमका सहभागिले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् । सहभागिहरुले टोल र बस्ती स्तरका समस्यालाई बिशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् ।

शुक्रबार ०५, बैशाख २०८२ ०८:००

पूर्वमन्त्री गिरीलाई बाजुरा क्याम्पस स्ववियु कमिटीद्धारा स्वागत

बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्वागतमा सहभागि हुन पुगेका गिरीले विद्यार्थी र क्याम्पस प्रशासनसँग पनि छलफल गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता गिरीले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी समेत लिएको स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

शनिबार ०६, बैशाख २०८२ ०७:५२

त्रिवेणी नगरपालिकाको पन्धारामा ज्ञान विज्ञान धार्मिक महा-महोत्सव सुरु

धार्मिक महोत्सव आस्था र विश्वाससँग मात्रै नजोडिएर ज्ञान आर्जन, अनुशासन सीपकला सिकाइ र आयआर्जनका लागि पनि उपलब्धी मुलक हुने नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह, ६ का वडा अध्यक्ष पारस बुढा सहीत सहभागि थिए । पछिल्लो समय बाजुरामा धार्मीक महोत्सव आयोजनाकोक्रम बढेको छ ।

शनिबार ०६, बैशाख २०८२ १०:३१

बाजुराको बिच्छ्याका बस्तीमा पुग्यो बिजुली, दुर्गम गाउँ बने झिलिमिली

बाजुरा सदरमुकाम मार्तडीबाट कुनै गाउँपुग्न तीनदिनको पैदल हिँड्न पर्छ । ती बस्तीमा समेत विजुली पुर्याउने योजना बनाएर पालिकाको विकासमा कादुरीले धेरै सहयोग गरेको र त्यही सहयोगबाट स्थानीयका बर्षौदेखिका सपना पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दुर्गम गाउँहरु विजुलीले झिलिमिली भएपछि पालिका सरकार देखि स्थानीय सबै खुसी भएका छन् ।

सोमबार ०८, बैशाख २०८२ ०३:०६

दक्षिण एसियाली खुला करातेँ प्रतियोगितामा नेपाल पहिलो, बाजुरा एक्लैले जित्यो १२ स्वर्ण

तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धनगढीमा क्षेत्रीय छनोटको अ‍ेल खेलेर सहभागि भएका थिए । उनीहरुले पनि पदक विहिन फर्किनु नपरेको र पहिलो अवसरमै राम्रो नजिता ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार ०८, बैशाख २०८२ १०:००

बाजुराको बाटो, अम्कोटको पहिरो, बुढीगंगाको कष्ट

साथमा रामजीसँगै थिए स्थानीय पत्रकारहरू खम्म खत्री, पूर्णबहादुर खड्का र धीरज कुँवर । दर्शन गरियो । बुढीगंगा किनारमा अवस्थित वैद्यनाथ धाम यसअघि आउँदा जुन अवस्थामा थियो, आज पनि त्यही अवस्थामा रहेको पाएँ । जुन स्तरमा संरक्षण र प्रचारको प्रयास हुनुपर्ने थियो, त्यो हुन नसकेको मेरो निष्कर्ष छ । यति मात्र होइन निष्कर्ष अर्को पनि छ– बुढीगंगाको कटान निरन्तर जारी छ । साँफे लगातार जोखिममा छ ।

शनिबार २०, बैशाख २०८२ ०५:२८

कक्षा १२ को परीक्षा भोलिदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङरमुस्ताङमा १र१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

शनिबार २०, बैशाख २०८२ ०८:५४

शिक्षा विधेयक अन्तिम चरणमा

अहिले हरेक दिन दिनभरजसो उपसमितिले छलफल गरिरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार उपसमितिले अधिकांश दफामा छलफल गरिसकेको छ । विधेयकमा १६३ वटा दफा छन् । उपसमितिलाई ३५ दिनको समय दिइएको छ तर उपसमितिले चैत १८ गतेदेखि छलफल सुरु गरेकाले सोही दिनदेखि मात्रै समयावधि गणना हुने छ ।

आइतबार २१, बैशाख २०८२ ०९:१३

कक्षा १२ मा बाजुराका २ हजार बढि परीक्षार्थी सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अाज बिहान  ८ः०० बजेदेखि ११ः०० बजे  सम्म परिक्षा हुने बताए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले बाजुरामा ८ परीक्षा केन्द्र  ताेकीएका छन् ।

आइतबार २१, बैशाख २०८२ १०:५९

समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी आज देखि सुरु

समृद्धिका आधार तयार गर्नका लागि विषय क्षेत्रगत रुपमा पहिचान  भएका सम्भावनालाई संस्थागत  अभिलेखीकरण गर्ने,नगरपालिकाको विकास अवधारणा सार्वजनिक गर्ने, स्वच्छ मर्यादित राजनैतिक संस्कार विकासका लागि सामाजिक विकासका लागि मुख्य नेतृत्वलाई राजनैतिक रुपमा प्रतिवद्धता गराउने लगायतका उद्देश्य लिएको छ । 
नगरपालिकाको शिक्षा,स्वास्थ्य,कृषि,सडक खानेपानी लगायतको अवस्थाको पनि विकास कचहरीमा जानकारी गराएको छ । 
आजबाट सुरु गरेको् समृद्धिको आधारका लागि  बुढीगंगा विकास कचहरी बैशाख २९ गतेसम्म संचालन हुने छ । बुढीगंगा विकास कचहरीबाट आएका सुझाव संकलन गरी अन्तिम दिन २० वर्षका लागि सात बुँदे घोषणा पत्र जारी गर्ने गरी कार्यक्रम संचालन गरीएको छ  ।

शनिबार २७, बैशाख २०८२ ०३:१७

गैसस महासंघ बाजुरामा नयाँ नेतृत्व चयन, अध्यक्षमा कृष्ण अधिकारी

बडीमालिका नगरपालिकाको हलमा आयोजित अधिवेशनको प्रमुख अतिथि गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई थिए । उहाँले नै उद्घाटन गरेको कार्यक्रममा बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, गैसस महासंघ केन्द्रीय महासचिव देवी खड्का, उपमहासचिव भवराज रेग्मी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम महर र गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष देवी खनाल रहेका थिए ।

मङ्गलबार ३०, बैशाख २०८२ ०७:२५