आइतबार, ०१ असार २०८२

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मार्तडीमा नवीनतम अनुभव आदान प्रदान

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक क्षेत्रमा गरेका नवीनतम अभ्यास र अनुभव बारे सिकाई आदान प्रदान गरिएको छ । चार वटा स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायलाई एकसाथ राखेर पालिका स्तरमा भएका क्रियाकपाल सहीतका अविनतम अभ्यास र अनुभवको सिकाइ आदान प्रदान गरिएको हो ।

बडीमालिका नगरपालिका, नर्वेजियन दूतावास, यूएनएफपीए र पीसविन नेपालको सयुक्त सहकार्यमा सिकाइ आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । पीसविनले नर्वेजियन दूतावास, यूएनएफपीएसँगको सयुक्त सहकार्यमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजना सञ्चालनल गरिरहेको छ । 

कार्यक्रम बडीमालिका, बुढीगंगा, बुढीनन्दा र गौमुलमा सञ्चालन भइरहेको छ । परियोजना र स्थानीय तहका गतिविधी, उपलब्धी र योजना बारे समीक्षा र सिकाइ आदान प्रदान गरिएको युएनएफपीए बाजुराका कार्यक्रम संयोजक देवेन्द्र शाहले जानकारी दिएका छन् । 

परियोजना र पालिकाका असल अभ्यास र गरिएका गतिविधिहरु प्रत्येक स्वास्थ्य शाखा प्रमुखले जानकारी गराएका थिए । स्वास्थ्य क्षेत्रमा सुशासन र व्यवस्थापन, क्षमता विकास र समुदाय सहभागीता स्वास्थ्य क्षेत्रको सुदृढीकरण बारे छलफल गरिएको छ । 

स्थानीय तहका जनप्रतिनिधीले यौन तथा प्रजजन स्वास्थ्यको विषयलाई आगामी दिनका नीति तथा कार्यक्रम र बजेटमै सम्बोधन गर्न पालिका प्रतिवद्ध रहेको बताएका छन् । कार्यक्रममा बडीमालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुँवर, बुढीनन्दाका प्रमुख जनक कुमार बोहरा, उपप्रमुख राम बहादुर बोहरा र गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा सहभागि थिए । 

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका कार्यपालिका बैठक हलमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन कृष्ण खड्काले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस