बाजुरा :जिल्लाको त्रिबेणी नगरपालिका ९ मा रहेको पार्बती माध्यमिक विद्यालयले ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आजदेखि सुरु भएको दिवस जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ । गुस्तरीय शिक्षालाई सुधार गर्न र विद्यालयप्रति अभिभावकलाई जिम्मेवार बनाउँने उद्देश्यसहित अभिभावक दिवस मनाएको हो ।
समारोहको उद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले गरेका थिए । उद्घाटन समारोहमा नगर प्रमुख थापाले विद्यालयको शैक्षिक प्रगति र सामुदायिक योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा थप गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रशासनलाई शुभकामना व्यक्त गरे । स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज पाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास, र अतिरिक्त क्रियाकलापहरूको विवरण समावेश गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नृत्य, नाटक, र अन्य सांस्कृतिक काक्रमहरू प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर खत्रीको अध्यषतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा त्रिवेणी नगरपालिका प्रमुख कर्ण बहादुर थापा रहेका थिए । अभिभावक, शिक्षक, कर्मचारी, र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख थापाले उक्त भेलाले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वस व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस