बुधबार, २१ जेठ २०८२

बडीमालिका ५ का स्थानीयको एउटै स्वर : वडामा विकास भइरहेकै छ, विद्यालय सुधार गरौं

बाजुरा : बडीमालिका नगरपालिका ५ मनाका स्थानीय विद्यालय सुधारमा सबैपक्ष जिम्मेवार हुन आग्रह गरेका छन् । हेलो मेयर कार्यक्रम अन्र्तगतको बार्षिक समीक्षा तथा समृद्धि बसहमा सहभागि स्थानीयले वडामा खानेपानी, विजुली, स्वास्थ्य, सञ्चार जस्ता विकासका पूर्वाधार सुधारहुँदै गएकोमा खुसी व्यक्त गर्दै शिक्षा विकासमा ध्यान दिन आग्रह गरेका छन् ।

एक वर्षको अवधीसम्म पनि विद्यालयमा ३ जनता शिक्षक नहुँदा पठन पाठन नै प्रभावित बनेको, आपसी राजनीतिक लडाइले विद्यालय बर्बादीमा फसिसकेकोले सुधारमा जिम्मेवार बन्न् स्थानीय खेमराज साउँदले आग्रह गरेका छन् । मनाको कैलाशेश्वरी माविको विवादले पठन पाठन कार्य नै अस्तव्यस्त छ ।

समृद्धि बहसले पालिकाको विकासमा सकरात्मक उर्जा दिने भन्दै पत्रकार समेत रहेका स्थानीय राजेन्द्र विकले वडामा सबैजसो सुविधाको स्थानीय उपभोग गरिरहेकोमा खुसी व्यक्त गर्दै मनाको विद्यालय नै सुधार गर्न आग्रह गरेका छन् । उनले उपभोक्ता समितिको काम र वडाको काममा पारदर्शीता हुनु पर्नेमा जोड दिएका छन् । वडाले सबैराजनीतिक दललाई एकसाथ लिएर अघि बढ्न पनि विकको सुझाव थियो ।

सहभागिले अरु विकास निर्माण बारे प्रश्न समेत नगरि शैक्षिक सुधारमा मात्रै जोड दिएका छन् । विद्यालयका प्रअ र विव्यस अध्यक्षबीचको आपसी लडाइले विद्यालय बिग्रीएको आरोप स्थानीयको छ । आफ्ना सन्तान बाहिर पढाउने, सन्तान निजी विद्यालय राख्ने शिक्षक र अभिभावककै स्वार्थका कारण विद्यालय बिग्रीएको आरोप सर्वसाधारणको छ । 

प्रअ र केही शिक्षकबीचको समूह र विव्यस सहीतकाहरुको समूह बीचको लडाइले विद्यार्थीको पठन पाठन नै बर्बाद पार्ने छुट कसैसँग नभएकोले तत्काल समाधान गर्न उपप्रमुख नन्दाकुमारी थापाले निर्देशन दिएकी छन् । कृष्ण अड्काले सञ्चालन गरेको कार्यक्रमको सहजिकरण छक्क साउँदले गरेका थिए । 

मना स्थित तीनवटै पार्टीका प्रतिनिधीहरुले पनि अब शिक्षा र विकासमा दलको गन्ध र जुधाँको लडाइ अन्त्य गर्न सुझाव दिएका छन् । पूर्व वडा अध्यक्ष बलबहादुर थापाले सबै जिम्मेवार र जवाफदेही हुनु पर्ने भन्दै नगरपालिकाले सुरु गरेको समृद्धि बहसले जनतासँग जोडिने र जनताका कुरा संवोधन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

बडीमालिका नगरपालिका ५ का वडा अध्यक्ष धर्मपाल मिजारले समाज बाहिरको मान्छे आउने र भड्याउने कुरा गरिएकोमा चिन्ता व्यक्त गर्दै समाज बाहिरबाट आएर मनाको एकतामा विभाजन ल्याउने काम हुन नदिने बताएका छन् । उनले वडाको सार्वजनिक सुनुवाई, विद्यालयको लेखा परिक्षण रहेक वर्ष गरिने र कुनै आशंका भएमा लिखित प्रमाण सहीत उजुरी गर्न पनि आग्रह गरेका छन् । 

नगर प्रमुख अमर खड्काले शिक्षामा पनि राजनीति गर्ने र समाज बनाउँछौं भन्ने कुरामा विश्वास नभएको बताएका छन् । मना जस्तो मिलेको गाउँ, समाज र बसोबासीका बीचमा पनि विभाजन अस्वभाविक भएको भन्दै विकासलाई उत्पादन र आयआर्जनमा जोड्न आग्रह गरेका छन् । 

विधी प्रक्रियालाई टेकेर स्थानीय स्तरमा विद्यालयको समस्या हल गर्न निर्देशन दिएका नगर प्रमुख खड्काले मनाको उत्पादन बढाउन बृहत सिँचाईकुलो परियोजनाकै रुपमा अघि बढाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका थिए । बडीमालिकाले नौ वटै वडामा बार्षिक समीक्षा सहीत जनताका गुनासा सुनुवाई र सिकाई आदान प्रदानका लागि हेलो मेयर कार्यक्रम अन्र्तगत समृद्धिबहस कार्यक्रम सञ्चालन गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस