मङ्गलबार, १७ असार २०८२

आह ! जगन्नाथको पञ्चेबाजा र हुर्केउली सँस्कृति

धनगढी : सँस्कृति र सभ्यता मानव समाजमा सम्पत्ती हुन् । मानव हुनुको परिचय र पहिचान हुन् । देश र परिवेश अनुकुल धर्म सँस्कृति र सभ्यता फरक हुन सक्छन्, तर जोसँग जे छ, त्यो नै समुदायको, समाजको सम्पत्ती हो, सभ्यता वा परिचयको माध्यम हो । मानव सभ्यता सँस्कृति र मौलिकता विना अधुरै जस्तो देखिन्छ । आफ्नो पहिचान र परिचयकै लागि पनि सँस्कृति जगेर्ना गरि जीवित राख्न जरुरी छ । अति आवश्यक नै हो । 

यही मान्यताका साथ जगन्नाथ गाउँपालिकाले पनि आफ्नो साँस्कृतिक पहिचानलाई जगेर्ना गर्ने र जीवित बनाइराख्ने नीति लिएको छ । पालिकाको प्रमुख साँस्कृतिक पहिचान हुर्केउली र पञ्चेबाजा हो । मौलिक पहिचान झल्किने सँस्कृतिको जगेर्ना गर्न पालिकाले जारी आर्थिक वर्षमै नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरिएको थियो । 

लोप हुन लागेको सँस्कृति र पहिचानलाई फेरि जीवित पार्ने उदेश्य सहीत पालिकाले नीतिगत निर्णय गरेको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । पालिकामा बसोबास गर्ने बिशेष गरि दलित समुदाय लक्षित यो सँस्कृति सबैको साझा र मौलिक हो । ब्रतबन्द, विवाह, भोज भतेर देखि सबैसंस्कारमा पञ्चेबाजा र हुर्केउली जगन्नाथको प्रमुख साँस्कृतिक पहिचान हो । 

पालिका अध्यक्ष शाहीका अनुसार गाउँपालिकाकै बजेटबाट ९१ जनालाई पञ्चेबाजा र हुर्केउलीका पोशाक हस्तान्त्रण गरिएको छ । हराउन थालिसक्यो, पुरानो सँस्कृृति नै मर्ने अवस्था आयो, नयाँ पुस्ताले त्यो बारे ज्ञान नै नपाउने र सिंगो पालिकाको परम्परागत पहिचान नै हराउने अवस्था आएपछि, जगेर्नाको सुरुवाद गरिएको हो, अध्यक्ष शाहीले भने ।

पाँचवटा मुख्य परम्परागत बाजाहरूको समूहलाई भन्ने पञ्चेबाजा गरिन्छ । यी बाजाहरू मिलेर एउटा समन्वित धुन निकालिन्छ जसले पर्व–उत्सव र संस्कारहरूमा विशेष रौनक ल्याउँछ । नगारा, नर्सिंगा,धिमे÷दमाहा, सानो÷ठुलो ट्याबला, शहनाई÷सहनाइ बाजा पञ्चेबाजा हुन् । पालिकाले तीनै बाजाको संरक्षणमा लगानी गरेको हो ।

हिन्दू र बौद्ध संस्कारमा पञ्चेबाजाको धुनलाई शुभ संकेत मानिन्छ, देवतालाई प्रसन्न पार्न र वातावरण पवित्र बनाउन प्रयोग गरिन्छ भने, समुदायिक गर्व र सम्मान गर्न, कुनै विशेष अवसर (जस्तै बिहे वा ब्रतबन्ध) मा पञ्चेबाजा बजायएर सम्मान जनाउने चलन पनि समाजमा छ । 

बाजा बजाउने समुदायको सीप र परम्परा हो, यो समाजको सँस्कृति र पहिाचा पनि हो । आनन्द र उत्सवको प्रतीकका रुपमा पुर्खा देखि नै बाजाको धुनले समारोहलाई उल्लासमय बनाउने, नाचगानसँगै प्रयोग हुने गरेको जगन्नाथको सहीत नेपाली समाजको जननी हो, भन्छन्, पञ्चेबाजाका जानकार साउने दमाई । 

राजदरबारदेखि गाउँसम्म प्रयोग हुँदै आएको इतिहास छ । प्राचीन समयमा राजा÷राजा परिवारले शक्ति, विजय र वैभव देखाउन पञ्चेबाजाको प्रयोग गर्थे, भने कालान्तरमा यो चलन सामान्य जनमानसमा फैलियो र अहिलेको लोक परम्परामा रूपान्तरण भएको छ । अब लोप हुन दिनु हुन्न, सँस्कृतिक कर्मी सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताए ।

जगन्नाथले हुर्केउली र पञ्चेबाजाका लागि गरेको लगानी र जगेर्नाका लागि गरिएको अभ्यासलाई सकरात्मक रुपमा लिनु पर्छ, र अरुले पनि सिक्नु पर्छ, उनले थपे । पञ्चेबाजा नेपाली सांस्कृतिक सम्पदाको जीवित प्रतीक हो । यसले समाजमा एकता, अनुशासन र आनन्दको सन्देश दिन्छ ।

उसोत हुर्केउली नाच नेपालको पहाडी भूभागको परम्परागत नाच हो । यसलाई संस्कृतिमा गहिरो अर्थ बोकेको लोकनृत्य पनि भन्ने गरिन्छ । जो सुदूरपश्चिमका पहाडी जिल्लाको पहिचान नै हो । पञ्चेबाजा आवश्यक उत्सवमा हुर्केउलीले झन रोचक र रमाइलो प्रदान गर्न र सन्देश प्रवाह गर्न सहयोग मिल्ने गरेको भन्छन्, हुर्के रनजीते सनाइ । उनले तीन दशक लामो समयदेखि आफूलाई हुर्केउली पेशामा समर्पित गरेका छन्, तर लोभ हुन लागेकोमा भने उनको चिन्ता छ । 

संवादात्मक नृत्य भएकोले हुर्केउलीले गाउन, नाच्न र दोहोरी गर्ने शैली देखाउँदा, समाजलाई मनोरञ्जनसँगै लोक तथा दन्तेकथालाई समेत प्रस्तुत गरिने भएकोले थप सिकाइ र सन्देश प्रवाह गर्ने गरेको छ । 

गीतमार्फत आकर्षित गर्ने, व्यंग्य गर्ने, प्रशंसा गर्ने, ढोल, मादल, सारंगी, बाँसुरी जस्ता परम्परागत बाजाहरूको साथमा नाच्ने र नृत्यलाई हेर्न आउने मानिसहरूको बाक्लो उपस्थितिमा यो सामाजिक मेलमिलापको माध्यम पनि बन्ने गरेको छ ।

हुर्केउली नाच केवल नाच मात्र होइन, यो सम्प्रेषण, प्रेम, हास्य, कला र संस्कृतिको समुच्चय हो, जुन समुदायको सामाजिक जीवनमा गहिरो जरा गाडेर बसेको छ, जगेर्ना गर्न लागिएको कुराले खुसी तुल्यायो भन्छन्, सँस्कृतिका जानकार, जहरसिंह थापा । 

आधुनिक प्रविधिको विस्तार, जीवनशैलीमा आएको तीव्र परिवर्तन र पश्चिमी प्रभावका कारण आजको पुस्ताले आफ्नो मौलिक पहिचान र परम्परालाई बिर्सँदै गएको सन्दर्भमा, स्थानीय तहबाटै संस्कृति संरक्षणको लागि यस्तो पहलकदमीले राम्रो सन्देश दिएको छ । 

‘दौरा–सुरुवाल सेट’ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीद्वारा हस्तान्तरणपछि खुला प्रस्तुत गरिएको थियो । नेपाली संस्कृति र पहिचानको प्रतीकस्वरूप रहेको यो पहिरन वितरण गर्नु केवल वस्त्र हस्तान्तरणको कार्य मात्र नभई, सांस्कृतिक गौरव र आत्मसम्मान अभिवृद्धिको एउटा अभियान भएको भन्छन्, पालिका अध्यक्ष कालीबहादुर शाही । 

पालिकाले ‘दौरा–सुरुवाल सेट’ पछि सँस्कृतिक प्रस्तुती प्रदर्शन गरेको थियो । कलाकारहरू स्वयम् दौरा–सुरुवालमा सजिएर प्रस्तुत हुँदा त्यो दृश्यले सहभागीहरूमाझ गौरव, भावुकता र अपनत्वको भाव देखिन्थ्यो । 

वर्षौँदेखि संस्कृति जोगाउन लागिरहे पनि औपचारिक रूपमा कहिल्यै सम्मान नपाएकोमा दुखि देखिएका उनीहरुले नयाँ उत्साह, प्रेरणा र ऊर्जा थपेको प्रतिक्रिया दिए । बर्षौपछि जगन्नाथमा पुरानो सँस्कृतिको याद दिलाएको उपाध्यक्ष मरुकला विष्टले बताइन् । लोप भइसकेको थियो । अब सुरु गरिएको छ, निरन्तरता हुनु पर्छ, विष्टले भनिन् । 

सँस्कृति जगेर्नाका लागि साँस्कृतिक पोशाक सहीतको पञ्चेबाजा खरिदमा लगानी गर्ने जगन्नाथले पहिलो पटक हो । यो अभ्यासले सँस्कृतिको जगेर्ना मात्रै हुने छैन्, पञ्चेबाजा बजाउने र हुर्केउली गर्नेहरुलाई समेत जिविकोपार्जनमा ठूलो सहयोग पुग्ने विश्वास पालिकाले गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस