बाजुरा: बाम्का बजारमा भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनस्थापनाका लागि त्रिवेणी नगरपालिका वडा न ४ मा रहेको तोली देवलडाँडा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीहरुले एक दिनको तलव राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छ ।
विद्यालयमा शिक्षक कर्मचारीहरुको बैठकले आफुले मासिक रुपमा पाउदै आएको एक दिनको तलव दिने निर्णय गर्नुभएको छ । तोलीदेवल माविको स्टाफ बैठकले पीडितलाई रु २६ हजार सात सय ४४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको विद्यालय परिवारले जनाएको छ ।
आगलागीबाट क्षति बेहोरेका स्थानीय व्यापारीहरुलाई तत्काल राहत पुयाउने उद्देश्यले सहयोग स्वरुप रकम दिने शिक्षकहरुले बताउनु भएको छ । आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न गरेका छन । बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस