सोमबार, ०७ पुष २०८२

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पुर्ण खोप सुनिश्चितताका लागि नियमितता, निरन्तरता दिरहनु पर्ने बताएका छन् । बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिघोपना घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्य स्वयमसेबिका, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालालाई धन्यवाद दिएका छन् । उहाँहरुले गरेको कामको प्रशंसा गर्दै स्वयम सेबिकाको हकमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका छन् ।

शनिबार १४, असार २०८२ ०१:१५

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका शुशिल गिरी

२०६९ सालदेखि अखिलमा सक्रिय गिरीले रत्न माध्यमिक विद्यालय बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । कसमस इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट क्याम्पसमा  विबिए गरेका गिरी हाल कोेयष्ट इन्टरनेशनल कलेजमा एमबिएमा अध्ययनरत छन् ।

आइतबार १५, असार २०८२ ०८:३५

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट बाजुराका शाह र थापा सम्मानित हुने

यो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बाजुराकै बद्री प्रसाद पाण्डे छन् । भाषा तथा साहित्य विधामा थापा र शाह दुबै जनाले महत्वपूर्ण योगपादन पुर्याएका छन् । दुबै जनाले देउडा गीतको संगीतीक यात्रामा शब्द र स्वरले एकछत्र राज गर्दै आएका छन् ।

बिहिबार १९, असार २०८२ ११:००

पत्रकार महासंघ बाजुराले थाल्यो बडीमालिका यात्रा बिशेष प्रचार अभियान

बडीमालिका धार्मीक यात्रा साउन २१ बाट सुरु हुनेछ । भने धार्मीक मेला साउन २३ गते लाग्नेछ । बडीमालिका सहीत बुढीनन्दा, सुनन्दा बडालेक, दुनालेख, डडुल्ली सहीतका धार्मीक शक्तिपीठ केन्द्रीत प्रचार अभियान थालनी गरिएको महासंघले बताएको छ ।

बुधबार १४, साउन २०८२ ०५:३३

नेपाली कला सांस्कृतिक प्रतिष्ठानले वार्षिकोत्सव मनाउदै, सांस्कृतिक प्रस्तुति, सम्मान र रक्तदान कार्यक्रम पनि हुने

साउन १५ नेपाली समाजमा पारिवारिक मेलमिलाप, समृद्धि र शुभकामनाको प्रतीकका रूपमा खीर खाएर मनाइने विशेष दिन हो। कृषिमा आधारित हाम्रो समाजमा यो दिनलाई बर्खे बाली रोपाइँ सकिएको उत्सवका रूपमा समेत लिइन्छ। यही परम्परालाई सम्मान गर्दै आजको सांस्कृतिक कार्यक्रमले सांस्कृतिक चेतना र सामाजिक उत्तरदायित्वलाई जोडेको छ।

बिहिबार १५, साउन २०८२ ११:०४

कोदोप्रति किसानको आकर्षण, बाजुराबाट वर्ष दिनमै ५० लाख रुपैयाँको निर्यात

बाजुराबाट मात्रै गएको वर्ष ५० लाख बढीको कोदो जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्रले बताएको छ । कोदो पहाडी क्षेत्रका गाउँहरुमा जताततै उत्पादन हुने खाद्यन्न बाली हो । प्राय नेपालका पहाडी भूगोलमा पर्ने सबैजसो गाउँमा कोदो उत्पादन हुन्छ । त्यसैमा सुदूरका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटी लगायतका जिल्ला प्रमुख उत्पादन केन्द्र नै हुन् ।

शनिबार १७, साउन २०८२ ०८:२६

पीसविन नेपालमा नयाँ नेतृत्व, अध्यक्षमा विमला थापा सर्वसम्मत

३६ औं स्थापना दिवस, ३३ औ बार्षिक साधारण सभा र १० औं अधिवेशनको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले दीप प्रज्वलन सहीत उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा पीसविन केन्द्रीय समिति सल्लाहकार लालबहादुर ओली, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, पत्रकार महासंघका सचिव प्रेम रौले, बडीमालिका ३ का वडा अध्यक्ष डबल रोकाया, ९ का वडा अध्यक्ष सूर्यकिरण विक सहीतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

शुक्रबार १०, असोज २०८२ ०९:१२

हुलाक सञ्चारको महिमा बढाउन बाजुरामा खुला देउडा, ८ टिमबीच चल्यो घम्साघम्सी

१५१ औं विश्व हुलाक दिवसको अवसर पारी सदरमुकाम मार्तडी खुला देउडा गीत प्रतियोगिता आयोजना गरिएको निमित्त कार्यालय प्रमुख उत्तम बमले जानकारी दिएका छन् । प्रतियोगितामा ८ टिम सहभागि थिए । महिला पुरुष बीच नै खुला प्रतिस्पर्धा गराउने उदेश्य राखिएपनि अन्तिम समयमा महिलाहरु मात्रै सहभागि भएका थिए ।

बुधबार २२, असोज २०८२ ०७:४०

स्वामीकार्तिकका पाँचसय बढीलाई १० लाख बराबरको न्यानो लुगा र शैक्षिक सामाग्री सहयोग

लायन्स क्लबले जुकोटमा रहेको शुम्भु सुनन्दा माविका तीन सय, सुर्याेदयका एक सय ८५, भैरवनाथ आधारभुत विद्यालयका ५५ जना र एकल महिला तथा विपन्न ३० जना महिलाहरुलाई न्यानो कपडा तथा २ वर्ष मुनिका बालबालिकालाई लिटो वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर शाहीले जानकारी दिएका छन् ।

आइतबार १६, कार्तिक २०८२ ०२:२६

शैक्षिक गुणस्तर सुधार गराउदै अम्लिश मा विकाे

शुक्रबार २१, कार्तिक २०८२ ०८:२५

गौरव विष्ट प्रिय बाम्का’ पुस्तक विमोचन

मङ्गलबार ०२, मङि्सर २०८२ ०१:५८

डिजिटल मिडिया सावधानी सन्देशसहित बडीमालिकामा १६ दिने अभियान सञ्चालन गर्ने

बैठकमा सहभागीहरूबीच लैङ्गिक हिंसा रोकथाम सम्बन्धी वर्तमान चुनौती, डिजिटल प्लेट फर्ममार्फत भइरहेका दुरुपयोग, समुदायमा ब्यापक सचेतना विस्तार गर्ने उपाय, विद्यालय तथा युवासँगको सहकार्य, स्थानीय संस्थाहरुको भूमिका लगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:३१

विश्व बालअधिकार दिवस : बडीमालिकामा नगर बाल सञ्जाल पुनर्गठन बारे बहस

बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बाल सहभागिताको महत्त्वबारे आ–आफ्ना भनाइ राखेका थिए । जसमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख अमर खड्काले बालबालिकालाई राष्ट्रको भविष्यका रुपमा ब्याख्या गर्दै भोलिको नेपाल सुखी र समृद्ध बनाउन आजका बालबालिकालाई लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।

बिहिबार ०४, मङि्सर २०८२ ०८:३९

पीसविन नेपालले गर्यो ३०५ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

पीसविन आभा परियोजना चार वटा स्थानीय तहका ४० वटा विद्यालयमा काम गरिरहेको छ । ती मध्ये ३४ वटा मावि र ६ वटा आधारभूत विद्यालय छन् । यो पटक ३७ वटा विद्यालयका ३०५ जनालाई सहयोग गरिएको छ । भने तीन वटा विद्यालयका ५४ जनालाई यस अघि नै वितरण गरिएको थियो ।

सोमबार ०८, मङि्सर २०८२ ०३:२६

खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरी बालविवाह शून्य वडा घोषणा

खप्तड छेडेदह गाउँपालिका १ र २ काँडा र जयवागेश्वरीमा २०७६ सालसम्म पनि सत प्रतिशत बाल विवाह हुने गरेको तथ्याकं छ । 
गाउँपालिका र गैर सरकारी संस्थाका साथै समुदायको सचेतना स्तरमा आएको सुधार पछि केही वर्षमै बालविवाह शून्य अवस्थामा पुगेको हो ।

मङ्गलबार ०९, मङि्सर २०८२ ०९:५२

रुपान्तरण कक्षाले फेरियो अभिभावक र विद्यार्थीको व्यवाहार

रुपान्तरण कक्षा बडीमालिका नगरपालिका स्थित चोयाकोट मावि, सत्यवादी मावि, लक्ष्मी मावि र ज्ञानोदय माविमा सञ्चालन भइरहेको अवस्था छ । बिशेष गरि किशोर किशोरी शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य, लैगिंक हिंसा, सरसफाइ, आत्मसुरक्षा, लैगिंक समानता, सामाजिक कुप्रथा र कुरुती विरुद्धको ज्ञान सीप दिइने गरिएको छ ।

शनिबार १३, मङि्सर २०८२ ०३:४६

बाजुरामा परिवर्तनका संवाहक सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण तालिम

तालिममा बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका १२ जना सहजकर्ता सहीत २२ जना सहभागि थिए । मंसिर १० देखि १४ गतेसम्म पाँच दिन चलेको तालिमपछि चार वटै पालिकामा सिओसी कक्षा सञ्चालन हुनेछन् । किशोरी अधिकार र उत्थानशिलता बारे ज्ञान सीप र क्षमता विकासका गतिविधी सञ्चालन गर्न सिओसी कक्षा सञ्चालन गर्न लागिएको पीसविन आभा परियोजना अनुगमन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीले बताएकी छन् ।

आइतबार १४, मङि्सर २०८२ ०८:०६

सद्भाव र सँस्कृति झल्किएको बडीमालिकाको उत्सवमय ११ औं स्थापना दिवस

स्थानीयले बडो उत्साह र उमंगका साथ दिवसमा भाग लिएका छन् । बडीमालिका साविक तीन गाविसका स्थानीयको साझा घर हो । घरको खुसी नै सबैको खुसी हो । घरलाई सुरक्षित राख्ने र सुन्दर बनाउने सबै सदस्यको जिम्मेवारी हुन्छ । खुसीमा सबै रमाउने, समस्यामा सबैले साथ दिएर अघि बढ्ने सन्देश सहीत स्थापना दिवस मनाएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

मङ्गलबार १६, मङि्सर २०८२ ०७:२८

जिल्ला परियोजना सल्लाहकार समिति बैठक : उपलब्धीमा ध्यान दिन सुझाव

प्लान ईन्टनेशनल नेपालसँगको साझेदारी र पीसविन नेपालसँगको समन्वयमा सञ्चालिन आभा परियोजना जिल्लाका बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालित छ । किशोरीको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न, यौन तथा प्रजनन स्वास्थ्य सेवा र परामर्श दिन, शिक्षा र आर्थिक सशक्तिकरण गराउने र हिंसा रोकथाम तथा मनोसामाजिक सहयोग गराउने परियोजनाले काम गरिरहेको छ ।

बुधबार १७, मङि्सर २०८२ ०८:३०

शी लिड्स आइकन-२ अवार्ड तथा महिला जनप्रतिनिधि उत्सव मंसिर २२ मा हुने

कार्यक्रम बिहान ११ बजे उद्घाटन गरिने आयोजक कल्प इम्पावर वुमेन नेपालले जानकारी दिएको छ । आयोजकका अनुसार निर्णायक मण्डलले चयन गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिनेछ भने तीमध्ये उत्कृष्ट सात जनालाई ‘शी लिड्स आइकन(२०८१’ घोषणा गरी विशेष सम्मान प्रदान गरिनेछ ।

बुधबार १७, मङि्सर २०८२ ०९:३५