बाजुरा: आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा नेपाली पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबारे राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघको केन्द्रको सर्कुलर अनुसार बाजुरा शाखाले समेत शोक सभाका सातै विरोध प्रदर्शन गरेको नेपाल पत्रकार महाँसध बाजुराका सचीव प्रम बहादुर रौलेले बताएका छन् ।
पत्रकार महासंघको स्थापना दिवसको समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघ बाजुराले पत्रकार महासघको कार्यालयबाट सुरु गरेको बिरोध र्याली मार्तडी बजार परिक्रमा गर्दै खुलामन्च पुगरे लोकतान्त्रीक चोकमा कोडसभा गरेको छ ।
सभाले मृतक पत्रकार रजकको शोकमा मौनधारण लगायतको कार्यक्रम गरेको पत्रकार महासघ बाजुराका उपाअध्यक्ष रमित विकले बताएका छन । शोक मनाए लगत्तै आमसञ्चार माध्यममा आक्रमणको बिरोध समेत गरेका छन । नेपाल पत्रकार महासंघ बाजुराका उपाअध्यक्ष रमित विकको अध्यक्षतामा सचालन भएको कार्यक्रममा नेपाल पत्रकार महाँसधका सह–सचिव जनक बोहरा प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय प्रेस चौतारी नेपालका निबर्तमान केन्द्रिय सदस्य बसन्त बिश्वकर्मा प्रेस युनियन बाजुराका सचिव राम बहादुर विक पत्रकार महासंघका पदाधिकारी तथा पत्रकारका बिभिन्न संगठनका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । शोक सभा तथा बिरोध सभा कार्यक्रमको संचालन पत्रकार महासंघ बाजुरा सचिव प्रेम रौलेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस