बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिका तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटना हुँदा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको छ ।
ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टरमा सवार चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाईते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सोही ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन् । ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट खसेको हो । आरालोमा खसेको ट्याक्टरको अगाडिको इन्जिनको भाग करिब २ सय ५० मिटर तल खसेको छ । भने ट्रली ५० मिटर तल खसेरको छ । ट्याक्टर आइतवार राती ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस