 
                                                                        बाजुरा : बाजुरामा बाटोमा सुत्केरी हुनेक्रम रोकिएको छैन् । परिवारको पूर्व तयारी अभाव र सडक समस्याका कारण यहाँका महिलाहरुले बाटोमै सुत्केरी हुनु पर्ने बाध्यता छ । त्यही बाध्यता विहिबार सिर्जना केसीलाई पनि आइलाग्यो । बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जनाले बाटोमै आफ्नो सन्तानको जन्म दिएकी हुन् ।
घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा सिर्जनाले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सिर्जनालाई सहज सुत्केरी सेवा सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले दिएकी हुन् । सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे लगत्तै विनिता हतारमा उद्दारका लागि सेवा दिने गएकी थिइन् ।
बिहीवार दिउँसो आफन्तले सिर्जनालाई स्वास्थ्य चौकी लिदै गर्दा घर नजिकै बाटोमा व्यथा लागेको थियो । आफन्तले सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । खबर पाए लगत्तै अनमी बिनिता बिष्ट दौडेर त्याँहा पुगेकी थिइन् । विनिता पुग्दा सिर्जनाले बच्चा जन्माइसकेकी थिइन् ।
बाटोमै बच्चा जन्मीयो, म खबर पाए लगत्तै गएकी थिएँ, त्यहाँ पुग्दा सम्म बच्चा भइसकेको थियो । अन्य व्यवस्थापन गरिएको थिएन्, विनिताले भनिन् । सालनाल व्यवस्थापन पछि अवस्था सामान्य देखिएकोले चेकजाँच गरेर घर पठाएको उनले भनिन् ।
बुढीगंगामै यो वर्षमात्रै दुई जना अरुलेले पनि बाटोमै सुत्केरी गराएकी थिइन् । बिनिता सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । आफन्तले बोकेर स्वास्थ्य संस्था पुगाउन नसक्ने भनेपछि सुत्केरी गराउने आवश्यक सामान बोकेर उनी बच्चा पाउँने ठाउँसम्मै पुगेकी थिइन् ।
बाटोमा निकै जोखिम थियो, तर स्वास्थ्य संस्था पुर्याउन समस्या नै थियो । बच्चा जन्मीसकेपछि आफन्तले बोकेर ल्याउन सक्ने अवस्था नै भएन् । अनि म आफै त्यही गएँ, उनले भनिन् । सिर्जना जस्तै बाजुरामा धेरै आमाले बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता छ ।
बुढीगंगा नगरपालिकाले कार्तिक १ गते बाट सबै करार कर्मचारी हटाउने निर्णयपछि सिमकोट आधारभूत स्वास्थ्य केन्द्रमा अनमी बिनिता बिष्ट एक्लै मात्र कार्यरत छन् । कार्यालय सहयोगी समेत नभएकाले उनले एक्लैले सबै सेवा दिनु पर्ने बाध्यता रहेको छ ।
सो संस्थामा एक जना अहेब, एकजना अनमी र दुई जना कार्यालय सहयोगी रहेका थिए । करार कर्मचारी हटाउने निर्णय अनुसार एक जना अहेब र २ जना कार्यालय सहयोगी हटेका थिए । गर्भवती सेवा देखि बिरामी चेकजाँच, उपचार देखि स्वास्थ्य संस्था सरसफाई एक्लै अनमी काम गरी रहेकी छन् ।
नगरपालिकाले करार कर्मचारी हटाएपछि सबैभन्दा असर स्वास्थ्य संस्थामा परेको छ । नगरपालिका ८ स्वास्थ्य संस्थामा एकजना स्वास्थ्यकर्मीको भरमा चलेका छन् । ति स्वास्थ्य संस्थामा कार्यलय सहयोगी समेत छैनन् । त्यस्तै ३ वटा स्वास्थ्य संस्था बन्द रहेको सुचना अधिकारी बिष्णु प्रसाद जैशीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस