 
                                                                        काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन पक्षधर राजनीतिक दल र शक्ति, समूहहरूसँग शुक्रबारदेखि छलफल सुरू गरेको छ।‘जेन(जी आन्दोलनका उपलब्धि आगामी बाटो र निकास’ शीर्षकमा रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेनेको नेतृत्वमा शुक्रबार बृहत राजनीतिक संवाद नेपाल हाउस बालुवाटारमा भइरहेको छ ।
रास्वपाद्वारा आयोजित उक्त वार्ता र छलफलमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराई सहभागी भएका छन् ।
उनले त्यहाँ अतिथि वक्ताका रुपमा आफ्नो मन्तव्य राखिरहेका छन्। उक्त संवादमा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी पनि सहभागी छन् ।रास्वपाले विभिन्न राजनीतिक दलहरूसँग संवाद गर्न उपसभापति वाग्लेको संयोजकत्वमा टोली बनाइसकेको छ।
प्रतिक्रिया दिनुहोस