शनिबार, ०१ चैत २०८१

सुदूरपश्चिम सुन्दर मात्रै होइन्, संभावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

गेटामा मेडिकल विश्वविद्यालय बन्छ, पञ्चेश्वर अगाडि बढ्छ

धनगढी : प्रधामन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम भ्रमणलाई बिशेष अर्थमा हेरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सहभागि हुन र सुदूरपश्चिम प्रदेश सभालाई संवोधन गर्न सुदूरपश्चिम आएका ओलीको भ्रमणलाई बिशेष अर्थ र महत्वले हेरिएको देखिन्छ । उनी प्रधानमन्त्रीको हैसियतमा नेकपाकालिन समयको शक्तिशाली सरकारको प्रधानमन्त्री भएको बेला पनि प्रदेश सभामा संवोधन गर्न आएका हुन् ।

बैतडीको झुलाघाटबाट समृद्धिका लागि संकल्प यात्रा सुरु गरेर सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको सन्देश दिएका ओलीले राष्ट्रको कार्यकारी प्रमुख भएर केही घोषणा गर्ने अपेक्षा प्रदेश बासीको छ । भ्रमणको क्रममा ओली सुरुमा दीक्षान्त समारोहमा सहभागि भएका छन् । 

दीक्षान्त समारोहलाई संवोधन गर्दै ओलीले सुदूरपश्चिमलाई सुन्दर मात्रै नभई सम्भावनाको प्रदेशका रुपमा ब्याख्या गरेका छन् । यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको भव्य उपस्थितिमा ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए । ‘अहिले पाँच करोड विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरुले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं’, उनले भने ।

गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधामन्त्री ओलीले दाबी थियो । पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको प्रधामन्त्री ओलीले बताए । ओली नै प्रधानमन्त्री भएको बेला २०७४।७५ मा गेटमा संरचना निर्माणका लागि ४ अर्ब बढी बजेट विनियोजन गरिएको थियो । 

आफू प्रधामन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको उनले भनाइ थियो । हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको प्रधामन्त्री ओलीले बताए । ओलीले सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताए ।

दीक्षान्त समारोहमा सरिक भएका प्रधामन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गरेका छन् । भने यसैगरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने छन् । उनले सुदूरपश्चिमलाई बजेट र अवसर कुनै दृष्टीमा पनि पछि नपार्ने घोषणा गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस