शनिबार, २८ बैशाख २०८२

बाजुरामा मदिरा व्यवस्थापन गरिने : समय र गुणस्तरमा बिशेष निगरानी

बाजुरा : बाजुरामा मदिरा व्यवस्थापनको तयारी थालिएको छ । अव्यवस्थीत मदिरा विक्री वितरण र सेवनले सामाजिक सद्भाव भड्कीएको र पारिवारीक द्धन्द्ध बढेको निष्कर्ष सहीत जिल्ला भरि मदिरा व्यवस्थापनको तयारी थालिएको हो । जिल्ला समन्वय समितिको अगुवाईमा काम थालिएको छ । 

पौष १२ गते मार्तडीमा आयोजित सातौं जिल्ला सभाबाटै पारित गरि कार्यविधी निर्माणको काम सकिएको छ । जिल्ला भित्रका नौ वटै पालिकाले आफू अनुकुल निर्णय गर्ने गरि व्यवस्थापनका लागि कार्यविधी तयार पारिएको समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । नमुना कार्यविधी तयार भएर, सर्वपक्षिय र सर्वदलिय समीक्षा गरिएको छ, त्यसको अन्तिम रुप तयार पारेर कार्यान्वयनमा लैजाने रोकायाको भनाई छ ।

बाजुरामा गुणस्तर हित रहर, सोफी, सटासट, ओरेन्ज, करेन्ट जस्ता मदिराको खुलेआम विक्री वितरण भइरहेको छ । भने दिनरात, जुनसुकै व्यक्ति वा पसलेहरुबाट पनि विक्री हुने गरेको छ । खास गरि विक्री वितरण र सेवनको समय व्यवस्थापन र गुणस्तरहि मदिरा निषेधका लागि कार्यविधी तयार पारिएको हो ।

सुरुमा बाजुराका बुढीगंगा, खप्तड छेडेदह, जगन्नाथ सहीतका पालिकाले मदिरा बन्द गर्ने निर्णय गरेका थिए । पछि उच्च अदालत दिपायलमा परेको रिट निवेदनपछि खारेज गरिएको थियो । गौमुल गाउँपालिकाले मदिरा कार्ड वितरण गरेर जेनतेन व्यवस्थापन गरिरहेको छ । बाँकी ८ वटा पालिकामा विक्री वितरणमा अव्यवस्थीत र सेवनमा अनियन्त्रीत भइरहेको छ । 

समन्वय समितिले बनाएको कार्यविधीमा समयलाई बिशेष ख्याल गरिएको छ । उमेरमा २० वर्ष मुनिका कुनै बालबालिका र किशोर किशोरीलाई सेवन र विक्री वितरण वा खरिदमा संलग्न गर्न नपाइने नीति उल्लेख गरिएको छ । भने गुणस्तरहित मदिरा जिल्ला ल्याउनमै निशेष गर्ने बताइएको छ । गुणस्तरहिन मदिरा सस्तो मूल्यमा विक्री हुनेभएपछि यहाँका स्थानीयले विहानैदेखि सेवन गर्ने र होहल्ला गर्ने गरेको पाइन्छ । 

प्रहरीले समेत नीति नबनाएसम्म पसल पसलमै गएर नियन्त्रण गर्ने अवस्था छैन् । मार्तडी बजार भित्रै अवैध मदिरा उत्पादन र विक्री वितरण हुने गरेको छ । ती सबैप्रकारका गतिविधी रोक्ने र व्यवस्थीत गर्ने गरि कार्यविधी निर्माण गरिएको छ । कार्यान्वयनका लागि जिल्ला स्थित राजनीतिक दलका नेता सहित सरोकारवालाले समर्थन दिएका छन् ।

पालिकामा निश्चित डिलर पसल राख्ने र उस्ले रेकर्ड राखेर मात्रै अरु इजाजत प्राप्त स्थानीय अरु व्यापारीलाई अनुमति दिने कार्यविधीमा उल्लेख छ । मदिरा व्यापारबाट संकलन हुने राजस्वमा समेत कमी आएको निष्कर्षमा पालिका छन् । गाउँका टोलटोल राखिएका पसलमा समेत मदिरा विक्री गर्ने गरेपछि राजस्व संकलन विनै विक्री वितरण भइरहेको देखिन्छ । 

पालिकाले विक्री वितरण गर्ने र सेवन गर्ने ग्राहकहरुको नामावली र विक्री गरिएको परिमाण समेत संकलन गरि राख्नु पर्ने कार्यविधीमा राखिएको छ । सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हितलाई मध्येनजर राखेर समन्वय समितिकै पहलमा नौ वटै वडामा कार्यान्पन गर्न आवश्यक देखिएको नेकपा एमाले जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । 

नौ वटै पालिकाका जनप्रतिनिधी पनि सहमत देखिन्छन् । उनीहरुले जिल्ला सभामा हस्ताक्षर गरिसकेका छन् । भने कार्यविधीमा सुझाव सहीत कार्यान्वयनका लागि सहमति नै दिइसकेका छन् । बाजुरामा अवैध घरेलु मदिरा र गुणस्तरहित लुकिछिपी ल्याउने मदिराले व्यापक बजार पाएको छ । 
मदिरा व्यवस्थापन बारे बाजुरा सदरमुकाम मार्तडीमा मंगलबार छलफल समेत गरिएको समन्वय अधिकारी दीपेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

छलफलमा समन्वय प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरी, एमाले अध्यक्ष लालबहादुर ओली, नेपाली काँग्रेसका चक्रबहादुर शाह, माओवादीका कमल कुमारी शाह, राप्रपाका दलबहादुर थापा सहीत सहभागि थिए ।  
 

प्रतिक्रिया दिनुहोस