धनगढी : कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ । भने दूई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन् ।
घाइते हुुनेमा फूलबारीकै १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । होलीको रंग खेलीसकेपछि उनीहरु नुहाउन गएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस