शनिबार, ०१ चैत २०८१

सेतीका डाक्टरमाथि आक्रमण, एक जना पक्राउ

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरमाथि आक्रमण भएको छ । सोमवार बिहान करीब ४ बजेको समयमा प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । 

भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोराले आक्रमण गरेका हुन् । आक्रमणमा संलग्न २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन् । 

रानाले आईसीयूबाट चेकजाँच गरेर फर्किने क्रममा डाक्टरमाथि आक्रमण गरेका थिए । उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस