बाजुरा : बन्द गरिएको साँफे-मार्तडी सडकखण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ ।
प्रहरी र पीडित पक्षबीच भएको वार्तापछि सडक सुचारुका लागि सहमति भएको हो । आफन्तलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको प्रहरी नायव उपरिक्षक दिलिप गिरीले बताएका छन् ।
बस समितिका मान्छेसँग पीडक पक्ष समेत बसेर वार्ता गर्ने गरी धनगढीबाट समितिका व्यक्तिहरु हिडेपछि उनीहरु सहमति गर्न तयार भएका हुन् ।
बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मत्युपछि सडक अवरुद्ध गरिएको हो ।
धनगढीबाट सदरमकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा आईतबार बिहान मृत्यु भएको थियो ।
मृत्यक बालककी गर्भवती आमाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत रेफर गरेर उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस