बाजुरा : नेपाल पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको आफन्त मदनराज जैशीले बताएका छन् ।
बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित थिए ।
प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका बुबाको निधनले पत्रकार महासंघ जिल्ला शाखा, बाजुरा मर्माहत भएको अध्यक्ष पदमबहादुर सिंहले बताएका छन् । निवासमै निधन भएका पण्डितका बुबाको आईतबार नै अन्तिम दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस