शनिबार, ०१ चैत २०८१

बाजुराका मन नेपाली जसले द भ्वाइसमा चारैजना कोचको मन जिते

बाजुरा : बाजुराका मन नेपालीले द भ्वाइस नेपालमा सुरुवादी सानदार प्रर्दशन गरेका छन् । चारै जना कोचलाई एक साथ फर्काउने गरि निकै मिठो स्वरले मन नेपालीले द भ्वाइसको मन जितेका छन् । यस अघि बाजुरामा पविन्द्र सुनार पनि छनौट चरण पार गरिसकेका छन् । 

पविन्द्र यस अघि लोकस्टारको टप सेभेनमा पर्न सफल भएका थिए । सांगीतीक दुनियाँमा बाजुराले राम्रो उपस्थिति देखाइरहेको छ । पछिल्लो समय नेपालको ठूलो फ्रेन्चाइच ’रियालिटी शो’ द भ्वाइस अफ नेपालमा बाजुराका मनबहादुर नेपालीले आफ्नो प्रस्तुतीले सबैको मन जितेका छन् ।

पहिलो चोटी द भ्वाइस अफ नेपालमा दुर्गम जिल्लाबाट चारैजना कोचलाई प्रभावित गर्दै घुमाउन सफल भएका छन् । दोहोरी साँझ र केही समयदेखि गायन क्षेत्रमा रहेका नेपाली अति विपन्न र गरिब परिवारमा हुर्केका प्रतिभा हुन् । 

टिम खेम सञ्चुरी रोजेका नेपालीले केही समय पहिले राजधानी काठमाण्डौंमा रहेको नैना रेशम दोहोरी साँझ नयाँ बसपार्क मित्र नगरबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । बडीमालिका नगरपालिका–९ मार्तडी तल्लोबाँडा स्थायी घर भएका नेपाली कक्षा–२ पढ्दा बाल्यकालदेखि गीत संगीतमा गुनगुनाउने गर्ने गरेका थिए । नेपाली सानैदेखि गायन क्षेत्रमा सक्रिय रहेका थिए ।

गायन टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन–६ प्रसारण यतिबेला भईरहेको छ । नयाँ सिजनसँगै शोले नेपालमा धेरै प्रसारण हुने म्युजिकल रियालिटी शोको कीर्तिमान रचेको छ ।

छैटौं श्रृंखलासम्म आउँदासम्म द भ्वाइसले नेपाली टेलिभिजनको रियालिटी शोमा यस्तो पद्चाप छाडेको छ जसलाई संगीतमा करिअर बनाउन चाहने नयाँ पुस्ताले पछ्याई रहेका छन् । देशभरका दूरदराजका आवाज समेटेर द भ्वाइसले नयाँ गायन प्रतिभा जन्माएको छ । छैटौं सिजनसम्म आईपुग्दा शोको प्रविधि र विषयवस्तुको गुणस्तरमा परिवर्तन स्पष्ट भएको देखिन्छ

प्रतिक्रिया दिनुहोस