शनिबार, ०१ चैत २०८१

रीतादेवी जनएकता फाउन्डेसनको समन्वयमा विपन्न बिद्यार्थी स्टेशनरी, ब्याग र टोपी सहयोग

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका स्थित वडा नम्बर ४ को  राजेन्द्र प्रावि बिद्यालयका सय जना वडा नम्बर सात स्थिति सारदा उ मा वि का असी जना वडा नम्बर २ स्थित मुसि का पैतिस जना र वडा नम्बर ३ स्थित श्री पशुपति उमाविको पैतालि जना गरेर विपन्न तथा जेहेन्दार बिद्यार्थीले स्कुल ब्याग न्यानो लुगा ,स्टेसनरी लगाएतको सामाग्री हस्तान्तरण गरेको छ ।

विगत लामो समय देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यो फाउन्डेसनले यो पटक पनि जिल्लाको विभिन्न बिद्यालयमा सहयोग गरेको छ । बुढिगंगा नगरपालिका वडा नम्बर चार र वडा नम्बर सातमा जयनेपाल फाउन्डेसन अन्तरगतको गोल्बल युथ नेटवर्कको आर्थिक सहयोगमा सहयोग हस्तान्तरण गरिएको थियोे भने बुढिगंगा दुई मा अष्ट्रेलिया बस्ने बुदिमाया शेर्पा को आर्थिक सहयोगमा र पशुपति उमाविमा काठमाडौ बस्नुहुने समाजसेवी मिङमा दोर्जे शेर्पाको आर्थिक सहयोग उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।

सम्बन्धित बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष वडा सदस्य ,ब्यवस्थापन समिति परिवार र शिक्षक अभिभावकको उपस्थितिमा उक्त सामग्री बितरण गरिएको छ । दुर्गम र चिसोमा पढ्दै आएका यी बिद्यार्थी भाइ बहिनीलाइ यो सानू सहयोगले पनि ठुलो राहत पुगेको स्थानीयले बताएका छन । बिगत लामो समय देखि फाउन्डेसनले विभिन्न स्वास्थ क्षेत्र , लगायत गरिव विपन्नको क्षेत्रमा काम गर्दै आएको उक्त फाउन्डेसनको अध्यक्ष रीता शाहिले बताउनु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस