बाजुरा : नेपाल सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्र कुटवालाई नियुक्त गर्ने निर्णय गरेको छ । पुस १६ गते बसेको मन्त्रीपरिषद् बैठकले उद्योग मन्त्रालयको सिफारिसका आधारमा कटुवाललाई नियुक्ती गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा इन्जिनियर विज्ञका रुपमा कार्यरत कटुवाल बाजुराका स्थायी बासीन्दा हुन् । लामो समयदेखि इन्जिनियरिङ्ग योग्यताका मार्फत सामाजिक सेवामा सक्रिय कटुवाल ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।
७ वटै प्रदेशमा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यालय स्थापना गर्ने तयारीमा रहेको सरकारले स्वदेशी उत्पादनको ६० प्रतिशत अनिवार्य निर्यात गर्ने लक्ष्य सहीत प्राविधिकरण कार्यालय खोल्न सुरु गरेको हो । यस अघि केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाठौं, भैरहवा र बारामा मात्रै सहायक क्षेत्रीय कार्यालय सञ्चालनमा छन् ।
८ जना बीच भएको खुला प्रतिस्पर्धाबाट राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा गठन गरिएको परीक्षा सिफारिस समितिले तीन जनाको नाम उद्योग मन्त्रालयमा सिफासिर गरेको थियो । उद्योग मन्त्रालयको सिफारिसमा मन्त्री परिषद्ले छत्र कटुवाललाई नियुक्ती गरेको हो ।
नेपालमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको अवधारणा २०७३ बाट सुरु गरिएको हो । कसेजति स्वदेशी उत्पादन बढाउने र त्यसको ६० प्रतिशत बस्तु विदेश निर्यात गर्ने प्रमुख लक्ष्य प्राविधिकरणको छ । सरकारले पत्रकार सम्मेलन मार्फत नियुक्ती बारे जानकारी नदिएपनि निर्णय भइसकेको छ ।
प्राविधरणको कार्यकारी निर्देशकमा चण्डिका भट्ट कार्यरत थिए । कटुवाल आगामी ४ वर्षका लागि नियुक्त भएका हुन् । इन्जिनियरिङ्गमा एमइ गरेका कटुवाको पुस २३ गते राष्टिय प्रतिरक्षा विश्वविद्यालय इन्जिनियरिङ्ग विज्ञको पद पनि सकिन लागेको थियो । ४ वर्षे कार्यकाल पुरा नहूँदै कटुवालले राजिनामा दिएर विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक बन्ने अवसर पाएका छन् ।
कटुवालसँग सरकारी र गैर सरकारी निकाय, सरकारी संरचनामा रहेर २ दशक लामो कामको अनुभव छ । बाजुराले यसैवर्ष राज्यको माथिल्लो निकायको नियुक्ती पाएको यो दोस्रो पटक हो । यस अघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराकै पदम ओली नियुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस