बाजुरा : अनेरास्ववियु त्रि–चन्द्र क्याम्पसको अध्यक्षमा राजेन्द्र रावत सर्वसम्मत भएका छन् । काठमाण्डौं स्थित उक्त क्याम्पस कमिटीको विस्तारित बैठकबाट रावतको नेतृत्वमा क्याम्पस कमिटी पुर्नेगठन गरिएको छ ।
इतिहासमा पहिलो पटक सुदूरपश्चिम प्रदेश बाजुराबाट प्रतिनिधित्व गर्दै रावतको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा अध्यक्ष राजेन्द्र रावत, उपाध्यक्ष प्रमित बिष्ट, सचिव मनिषा चापागाई रहेका छन् ।
यस्तै सह–सचिव वीरेन्द्र पाल, सह–सचिव उत्सव पराजुली, सह–सचिव प्रकाश प्याकुरेल रहेका छन् । त्यस्तै सह–सचिव अमर लामा, सह–सचिव सन्दीप भुषाल र कोषाध्यक्ष सहदेव कार्की रहेको निर्वाचन समितिले जनाएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन स्थायी घर भएका रावत सदरमुकाम मार्तडीमा रहेको मालिका माविबाट एसएलसी उत्तिर्ण भएर हाल स्नात्तक तह भौतिकशास्त्र समेत उत्तिर्ण भएका छन् ।
प्रतिक्रिया दिनुहोस