शनिबार, ०१ चैत २०८१

बाजुराका स्थानीय तहमा भूमि समस्या र सवालबारे अभिमुखिकरण सञ्चालन

बाजुरा : राष्ट्रिय भूमि समस्या समाधान आयोग बाजुराले भूमि समस्या र सवालबारे पालिका स्तरीय अभिमुखिकरण सञ्चालन गरिरहेको छ । आयोग कार्यालय सञ्चालनमा आएपछि पालिका स्तरीय अभिमुखिकरण सञ्चालन भइरहेको भूमि समस्या साधान आयोग बाजुराका सदस्य मन्देवी ओलीले जानकारी दिएकी छन् । 

ओलीका अनुसार आयोगका तर्फबाट बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा सञ्चालन गरिसकिएको छ । भने अन्य पालिकामा पनि क्रमस सञ्चालन हुनेछन् । 

आयोग र पालिकासँगको आपसी सहकार्य र आयोगको काम कर्तव्य र अधिकार बारे जानकारी दिने गरि अभिमुखिकरण सञ्चालन भइरहेका छन् । भूमिसँग सम्बन्धीत सम्पूर्ण समस्या हल गर्ने गरि आयोगले तोकिएको अवधी भित्र काम  सकाउनु पर्ने कार्यतालिका तय गरिएको छ । 

बुधबार जगन्नाथ  गाउँ पालिकाको सभा हलमा अभिमुखिकरण कार्यक्रम सञ्चालन  गरिएको छ । पालिका अध्यक्ष कालीबहादुर शाही सहीत उपाध्यक्ष अन्य जनप्रतिनिधी र कर्मचारीपनि कार्यक्रममा सहभागि थिए । 

आयोगका तर्फबाट जिल्ला अध्यक्ष जनक बहादुर रोकाया, सदस्य मन्देवी ओली, शिव बोहरा र विज्ञ सदस्य सर्पलाल गिरी सहभागि छन् । आयोग र पालिका बीच आपसी सहकार्य र समन्वयका साथ भूमि सम्बन्धी सवाल र समस्या हल गर्ने बारे समझदारी गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस