बुधबार, २८ फागुन २०८१

बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा जोशी

बाजुरा : बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अमरराज जोशीले सम्हाल्ने भएका छन् । बैतडीको पाटन नगरपालिकामा कार्यरत जोशी सरुवापछि बुढीगंगा नगरपालिकामा आएका हुन् । सरकारले फागुन १ गते जोशीलाई बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो । 

अधिकृत जोशीलाई नगर प्रमुख रामबहादुर बानीया र उपप्रमुख माया कुँवर खड्का सहीतका जनप्रतिनिधी र कर्मचारीले स्वागत गरेका छन् । यस अघि बुढीगंगामा निमित्तको जिम्मेवारी सहीत नरेन्द्र नाथ प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए । 

सरकारले कनिष्ट कर्मचारी प्रमुख भएको पालिकाको हकमा नयाँलाई जिम्मेवारी दिने निर्णय पछि नाथ प्रमुखको भूमिकाबाट बाहिरिएका हुन् । बुढीगंगाका केही समयदेखि प्रमुख नहुँदा रोकिएको दैनिक प्रशासनीक कामकाज सुचारु हुने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस