शनिबार, ०१ चैत २०८१

वित्तीय जोखिम मूल्याङ्कन एफआरएमा बडीमालिका र हिमाली पहिलो

बाजुराका सबै स्थानीय तह मध्यम जोखीमको सूचीमा

बाजुरा : बाजुरा जिल्लाका स्थानीय तहहरुले स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कनमा बडिमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेका छन । वित्तीय जोखिम मूल्याङ्कन एफआरएको २०८०र०८१ को नतिजा अनुसार बडीमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेको पाइएको छ ।

स्थानीय तहको बित्तिय प्रणाली ब्यबस्थीत, पारदर्सी बिधिसम्मवत र प्रभावकारी बनाउन बित्त ब्यबस्थापन जोखीमका सम्भाबित क्षेत्रको पहिचान गरि लेखाजोखाको माध्यामबाट स्थानिय तहको बित्तीय ब्यबस्थापन गर्न गरिएको मुल्याकंनमा बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकाले समान अंक प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन ।

दुबै पालिकाले ७९ दशमलव ५ अकं प्राप्त गरेका छन । स्थानिय तह बित्तय मुल्याकंन प्रणलीमा अपलोड गरेका कागजातका आधारमा गरिने मुल्याकंनका आधार सुचाकंक अनुसार ति दुबै स्थानिय तह माध्याम जोखीमको सुचीमा रहेका छन ।

दोस्रो स्थानमा बुढीगंगा नगरपालिका रहेको छ बुढिगंगा नगरपालिकाले ७६ अकं प्राप्त गरेको छ । त्यसै गरि स्वामिकार्तिक खापर गाउँपालिकाले ७५ दशमलव ५ अकं, जगन्नाथ गाउँपालिका ७५, त्रिबेणी नगरपालिकाले ७३ दशमलव ५ अकं, खप्तड छेडेदह गाउँपालिकाले ६९ दशमलव ५ अक, गौमुल गाउँपालिकाले ६१ दशमलव ५ र बुढिनन्दा नगरपालिकाले ५८ अकं ल्याएका छन ।

जोखीम लेखाजोखाको बर्गिकरण अनुसार बाजुरा जिल्लाका सबै स्थानिय तह मध्याम जोखीमको सुचीमा रहेका छन । सुचक अनुसार शुन्य देखी ४० सम्म अकं प्राप्त गरेको अबस्थामा उच्च जोखीम, ४१ देखी ८० सम्म अकं ल्याउने मध्यम जोखीम र ८० भन्दा माथि अकं ल्याउने न्युन जोखीम हुने रहेको छ ।

प्रतिक्रिया दिनुहोस