धनगढी : कमलबजार नगरपालिका–४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोली हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आवद्ध भएका छन् ।
नेकपा एमालेको अछाम जिल्ला सचिवालयका सदस्य समेत रहेका उनी रास्वपामा आवद्धभएको हुन् । रास्वपाको सदस्य लिएको परिचय पत्र बाहिरिएसँगै स्थानीय राजनीतिमा नयाँ चासो र चर्चा सिर्जना भएको छ ।
ललित ढोली २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेद्वार भइ निर्वाचित भएका थिए । यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा उनको सदस्यता सार्वजनिक भएपछि विभिन्न चर्चा सुरु भएका छन् । उनले नयाँ पार्टीमा आवद्धताको विषयमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस