बिहिबार, ०३ असोज २०८१

बाजुराको बदेडाका निर्मल कंचनपुरबाट बेपत्ता

कंचनपुर : बाजुराका एक किशोर कञ्चनपुरको महेन्द्रनगरबाट बेपत्ता भएका छन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका बुढीगंगा नगरपालिका–१० बदेडा स्थायी घर भएका १५ वर्षीया निर्मल विक आफ्नै कोठाबाट बेपत्ता भएका हुन् ।

महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई राकेश विकले जानकारी दिएका छन् । निर्मलको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरिसकेको बताईएको छ ।

भदौ २२ गते कोठाबाट वेपत्ता भएका निर्मलले एउटा कागजमा अंग्रेजी भाषा मार्फत उल्लेख गर्दै आफ्नो कोठामा मलाई नखोज्नु होला, म ठुलो र राम्रो मान्छे बनेर मात्र फर्केर आउछु भन्दै चिठी समेत लेखेर कोठामा छोडेको भेटिएको छ ।
 

प्रतिक्रिया दिनुहोस