शुक्रबार, ०२ कार्तिक २०८१

जिम्मेवार नेता, योग्य कार्यकर्ता बनाउन एमालेको देशव्यापी प्रशिक्षण : उपमहासचिव ज्ञवाली

बाजुरा : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जिम्मेवार नेता र योग्य कार्यकर्ता निर्माणको अभियान लिएर देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । केन्द्रीय कमिटी देखि टोल कमिटीमा बस्ने नेता कार्यकर्तालाई योग्य बनाउने गरि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको ज्ञवालीको भनाई छ । 

नेकपा एमाले बाजुराले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एमाले स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले एमालेका सबै नेता कार्यकर्ता व्यक्तित्वले स्थापित र विचारले प्रशिक्षीत योग्य हुनु पर्ने धारणा राखेका छन् । 

नेता कोहो ? नेतृत्व किन आवश्यक छ । नेतृत्वका गुणहरु, जनतासँगको बोली र व्यवाहार, सामाजिक सञ्जालको प्रयोग, पार्टी र समाजप्रतिको जिम्मेवारी र जवाफदेहीता बारे सबै प्रशिक्षित हुनु पर्नेमा ज्ञवालीको जोड छ । एमालेले अभियान नै देश व्यापी सञ्चालन गरेको छ । 

पदमा बस्ने जिम्मेवारी र जवाफदेहीता बारे कुनै जानकारी नै नराख्ने कुरा अब पार्टीलाई स्वीकार्य नहुने ज्ञवानको भनाई छ । बोल्दा, नेतृत्व लिँदा, सेवाका काममा जोडिदा, अरुलाई प्रशिक्षण दिँदा एमालेजनको पहिचान र परिचय फरक हुनु पर्ने धारणा ज्ञवालीको छ । प्रत्येक नेता कार्यकर्ता पार्टी विचार सिद्धान्तको बारेमा प्रशिक्षक नै हुनु पर्नेमा सुझाव ज्ञवालीको छ । 

प्रतिक्रिया दिनुहोस