मङ्गलबार, ०१ असोज २०८१

अनेमसंघ बाजुराले गर्यो सद्भावका लागि तीज बिशेष कार्यक्रम

बाजुरा : अखिल नेपाल महिला संघले मार्तडीमा तीज बिशेष कार्यक्रम गरेको छ । आपसी सद्भाव र हार्दिकताको सन्देश सहीत तीज बिशेष कार्यक्रम गरिएको अध्यक्ष कोपीला सिंहले बताएकी छन् । कार्यक्रम दिउँसो ३ बजेबाट सुरु भएको हो । 

सबै विचार र आस्था राख्ने महिलाहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष कोपीला सिंहको अध्यक्षतामा आयोजना गरिएको तीज बिशेष कार्यक्रमको सञ्चालन सचिव देबु खातीले गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली थिए । 

पार्टी सचिव काशी विक, सचिवालय सदस्य तुलसीराम रोकाय सहीतका नेताहरु पनि तीज बिशेष कार्यक्रमका सहभागि थिए । नाचगान सहीत दर खानेकार्यक्रम पनि आयोजना गरिएको थियो । सामुहीक भेटघाट र आपसी सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको हो । 

जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा आयोजना गरिएको तीज बिशेष कार्यक्रमको नारा समृन्द्र नेपाल सुखी नेपाली समाजवाद निमार्णको आधार, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरता आजको सरोकार राखिएको थियो ।

नेकपा एमालेको जनसंगठन अनेमसंघले हरेक वर्ष तीज बिशेष कार्यक्रम गर्ने गरेको छ । महिलाहरु बीचको आपसी सहकार्य, सद्भाव र हार्दिकताका लागि हरेक वर्ष आयोजना गर्ने गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस