बिहिबार, ०३ असोज २०८१

१८ लाख यात्रु बोकेको बुद्ध एयरको जहाजको भब्य विदाई

काठमाडौं : बुद्ध एयरले मंगलबार डेढ दशक पुरानो आफ्नो एउटा एटिआर(४२ जहाजको भव्य बिदाइ गरेको छ।

सामान्यतया कुनै पनि कम्पनीले जहाज भित्र्याउँदा पानीको फोहोराले स्वागत गरिन्छ। बुद्धले भने ु९एन एआइएनु कलसाइन रहेको एटिआर(४२ जहाजको बिदाइ पनि यसरी नै गर्‍यो।

सो जहाज बिदाइका लागि कम्पनीले आफ्नै ह्यांगरको प्रांगणमा ठूलो कार्यक्रम पनि आयोजना गरेको थियो।

बुद्धका अनुसार जहाजको पूर्ण सञ्चालन अवधि पार गरेर यसरी बिदाइ गरिएको नेपालमै पहिलोपटक हो। अझ एटिआर जहाजको इतिहासमै पहिलोपटक भएको कम्पनीको भनाइ छ। एटिआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च(इटालियन जहाज निर्माता कम्पनी हो।

ुहामीले १६ वर्षदेखि उडाइरहेको जहाजको उडान म्याद सकिएकाले यसलाई बिदा गर्‍यौं,ु कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने, ुजहाज जसरी भित्र्याइन्छ, त्यसरी नै बिदाइ पनि गर्नुपर्छ भन्ने यो एउटा अभ्यास पनि हो।ु


बुद्धका अनुसार एटिआर विमानको आयु ७० हजार चक्र हुन्छ। कुनै पनि जहाज एकपटक उडेर अर्को विमानस्थलमा अवतरण गर्नेसम्मको अवधिलाई एक चक्र मानिन्छ। त्यस्तै एकपटक इञ्जिन चलेर बन्द हुँदा पनि एक चक्र अवधि पूरा हुन्छ। बुद्धको यो जहाजले मंगलबारसम्म यसरी करिब ७० हजार चक्र पूरा गरेको कम्पनीका निर्देशक रूपेश जोशीले बताए।

उनका अनुसार विमानमा प्रयोग भएका उपकरण र मेसिनको आयु तीन कुरामा निर्भर हुन्छ।

पहिलो उडान घन्टा, दोस्रो चक्र र तेस्रो अवतरण।

विमानको संरचना, त्यसमा जडित उपकरण, पार्टपुर्जा, इञ्जिन, ल्यान्डिङ गियर आदि सबैको सरसर्ती अवलोकनदेखि सुक्ष्म जाँच हुन्छ।

ुप्रत्येक दिन उडान सुरू हुनुअघि र उडान सकिएपछि जहाजको जाँच हुन्छ,ु थापाले भने, ुजाँचका क्रममा सामान्य समस्या भएमा तत्कालै मर्मत गर्नुपर्ने हुन्छ।ु 

यो जहाजको नियमित जाँचबाहेक लामो समय ह्यांगरमा राखेरै मर्मत गर्नुपर्ने अवस्था नआएको जोशीले बताए।

उनका अनुसार एटिआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये ुनाइनएन एआइएनु जहाज पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने पहिलो जहाज बनेको छ।  

ुहामीकहाँ धेरै जहाज पूरा लाइफ साइकलसम्म बच्दैनन् र उडानबाट बञ्चित हुन्छन्,ु उनले भने, ुकति दुर्घटना हुन्छन् त कति कम्पनी नै बन्द हुन्छन्। तर हामीले उसबाट लाइफ साइकल अवधिभर यात्रुलाई सेवा दिन सफल भयौं।ु

उनका अनुसार यो जहाजले नेपाल आउनुभन्दा पहिले नै करिब ३० हजार उडान साइकल पूरा गरेको थियो। बाँकी नेपाली आकाशमा आफ्नो उडान अवधि पूरा गरेको उनी बताउँछन्।

४७ जना यात्रु क्षमता भएको यो जहाजले १६ वर्षको अवधिमा १८ लाख यात्रुलाई सेवा दिएको छ।


ुयसले ६९ हजार ९९९ साइकल पूरा गरेको छ। एक साइकल बाँकी हुँदा यसको सुखद बिदाइ गरेका हौं,ु निर्देशक जोशीले भने।

निर्माता कम्पनीले तोकेबमोजिम साइकल पूरा गरेर उडान रोकिएको यो जहाज अब आकाशमा देख्न पाइने छैन। उनका अनुसार अब यो जहाजको ुबडीु बाहेक अन्य सबै पार्टपुर्जा अर्को जहाजमा प्रयोग गरिन्छ।

अहिले बिदाइ भएको एटिआर सन् १९९७ डिसेम्बर २८ बाट उडानमा आएको हो। कम्पनीका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार फ्रान्सेली क्षेत्रमा पर्ने टापू न्यू क्यालेडोनियाको एयर क्यालेडोनियाले सबभन्दा पहिले यो जहाजबाट उडान गरेको थियो। बुद्ध एयरले सो जहाज सन् २००८ सेप्टेम्बरमा नेपाल ल्याएको थियो।

कम्पनीले त्यो वर्ष आइएफसीको ऋण सहयोगमा दुइटा एटिआर(४२ जहाज भित्र्याएको थियो।

सेप्टेम्बर ७ बाट यो जहाजले माउन्टेन उडानबाट नेपाली आकाशमा व्यावसायिक उडान सुरू गरेको थियो। माउन्टेनसँगै आन्तरिकतर्फका सबैजसो गन्तव्यमा नियमित उडान गर्दै आइरहेको थियो।

नेपाली आकाशमा माउन्टेन उडान सुरू गरेको १६ वर्ष ३ दिनपछि यसको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ। मंगलबार बिहान ९स्३० बजे उक्त जहाजले अन्तिम उडान स्वरूप माउन्टेन फ्लाइट गरेको थियो। एटिआर कम्पनीका प्रतिनिधि, प्राविधिक टिम, बैंकका सिइओ लगायत यसमा उडेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ११ बजे जहाज अवतरण गरेपछि कम्पनीले आफ्नै ह्यांगरमा उक्त जहाज व्यवस्थापन गरेको छ।

बुद्ध एयरसँग हाल १९ वटा एटिआर जहाज छन्। यसका दैनिक डेढ सयभन्दा बढी उडान हुन्छन्। छिट्टै नयाँ जहाज भित्र्याउने पनि कम्पनीको तयारी छ।  साभार सेटोपाटी 

प्रतिक्रिया दिनुहोस