बिहिबार, ०३ असोज २०८१

सहसचिव डा. रेग्मीले पाए, पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी

बाजुरा : पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव डा. नारायणप्रसाद रेग्मीलाई दिइएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्री स्तरीय निर्णय गर्दै रेग्मीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण लामिछानेका अनुसार रेग्मी केहि दिन अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए । भने विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका रुद्रप्रसाद पण्डित राष्ट्रिय योजना आयोगमा सरुवा भएका थिए ।

बाजुरा घर भएका रेग्मीले लामो समयपछि संघीय निकायमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन् । राज्यका माथिल्लो र कार्यकारी निकायमा बाजुराको उपस्थिति पनि बाक्लीदै गरिएको छ । यस अघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकमा बाजुराकै पदम ओलीले अवसर पाएका छन् । 

रेग्मी बाजुराबाट सरकारी क्षेत्रको सहसचिव हुने पहिलो व्यक्ति हुन् । सरकारी सेवामा समेत थपिनेक्रम जारी छ । सामान्य प्रशासन मन्त्रालय भन्दा अघि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव एवं महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 
 

प्रतिक्रिया दिनुहोस