मङ्गलबार, ०१ असोज २०८१

अनेमसंघ बाजुराले सद्भावका लागि तीज बिशेष कार्यक्रम गर्ने

बाजुरा : अखिल नेपाल महिला संघले मार्तडीमा तीज बिशेष कार्यक्रम गर्ने भएको छ । आपसी सद्भाव र हार्दिकताको सन्देश सहीत तीज बिशेष कार्यक्रम गर्न लागिएको अध्यक्ष कोपीला सिंहले जानकारी दिएकी छन् । तीज विहान ११ बजेबाट मार्तडी स्थित खेलकुद कवर्ड हलमा आयोजना गर्न लागिएको हो ।

समृन्द्र नेपाल सुखी नेपाली समाजवाद निमार्णको आधार, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरता आजको सरोकार भन्ने नारा सहीत तीज बिशेष कार्यक्रम गर्न लागिएको हो ।  

नेकपा एमालेको जनसंगठन अनेमसंघले हरेक वर्ष तीज बिशेष कार्यक्रम गर्ने गरेको छ । महिलाहरु बीचको आपसी सहकार्य, सद्भाव र हार्दिकताका लागि हरेक वर्ष आयोजना गर्ने गरिएको अनेमसंघका सचिव देवु खातीले बताएकी छन् । 

अनेमसंघ बाजुराले मन्देवी ओली अध्यक्ष भएको कार्यकालदेखि हरेक वर्ष तीज बिशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । सबै दलमा आवस्था राख्ने र सबै क्षेत्रसँग सम्बन्धीत महिलाहरुलाई जमघट गराएर नाचगान गर्ने गरिएको छ । 

पार्टी नेताहरुलाई बोलाउने, तीज महिलाहरुको पर्वभएपनि पुरुषहरुको पनि खुसीको उत्सवको रुपमा सन्देश प्रवाह गर्ने, सबैको जमघटलाई मित्रवत बनाउने र तीज पर्वको महिमा बढाउन योगदान पुर्याउने लक्ष्य सहीत कार्यक्रम आयोजना गर्ने गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस