मङ्गलबार, ०१ असोज २०८१

अखिल क्रान्तिकारी बाजुरामा नयाँ नेतृत्व चयन, अध्यक्षमा पंकज बुढा

बाजुरा : अखिल क्रान्तिकारी बाजुराले नयाँ नेतृत्व चयन गरेको छ । पंकज बुढा पारसको नेतृत्वमा ३१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ । ९ औं जिल्ला अधिवेशनबाट क्रान्तिकारीले सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

बाजुरा उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । जसमा अध्यक्ष पंकज बुढा (पारस), उपाध्यक्ष देवेन्द्र कुमार शाही, तुलसा बुढा, सचिव विष्णु रोकाया, सहसचिव निराजन चदारा र जपेन्द्र शाही, कोषाध्यक्ष सञ्जु तिमिल्सेना सहीत ३१ जना सदस्य रहेका छन् । 

अध्यक्ष खेमराज साउँदको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज भीम भट्ट रहनु भएको थियो । पंकज बुढाले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह, जिल्ला संयोजक देवीचन्द्र बुढा अतिथी थिए । 

यसैगरी कार्यक्रममा प्रदेश उपमहासचिव एव. प्रदेश अध्यक्ष दिपक डिसी, उपमहासचिव गम्भीर साउँद, सचिव पदम काफ्ले, गोकुल विसी सहीत सहभागि थिए । नेताहरुले माओवादी प्रतिको घेरा बन्द्री र शैक्षीक आन्दोलनको अगुवाईका लागि अग्रभागमा रहेर काम गर्न आग्रह गरेका छन् । अधिवेशनमा जिल्ला भरिबाट विद्यार्थी प्रतिनिधीका रुपमा सहभागि थिए । 

May be an image of 6 people and text

प्रतिक्रिया दिनुहोस