शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते, ५ पशुचौपाया पनि मरे

बाजुरा : बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । बिहान ३ बजेतिर खसेको चट्याङ लागेर कटुवालको घटनास्थल मै मृत्यु भएको स्थानीयले बताएका छन् ।

No description available.यस्तै गौमुल गाउँपालिका ४ मा परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते कौडाकोटस्थित सयलीकी ४० वर्षीया साउनी रोकाया भएकी हुन् । खुट्टामा चोट लागेकी रोकायाको घटमुना अस्पतालमा उपचाइ भइरहेको छ । 

गएराती १२ बजे तिर परेको चट्याङ लागेर रोकायाकै ४ वटा बाख्रा र सोही गाउँका मंगल धामीको १ गोरु मरेको छ । धामी वडाका सदस्य समेत हुन् । राती गोठमा बाँधीरहेको बेला चट्याङ खसेर पाँच वटा पशुचौपाया मरेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस