बिहिबार, ०३ असोज २०८१

रुपान्तरणको अभियान लिएर जनतासँग जोडिदैं माओवादी

जिल्ला स्तरीय कार्यक्रमको उद्घाटन मल्ल स्वयले गरेकी हुन् । नेपाली सर्वाहाराको मुक्ति र परिर्वतनका लागि लडेको, र लडिरहेको माओवादीलाई काँग्रेस एमालेको गलत प्रचारले जनता अल्मलिएको र दोबीधामा भइरहेकोले भ्रम चिर्न र जनतासँगको सम्बन्ध थप बलियो बनाउन रुपान्तरण अभियान थालेको मल्लले भन्नु भएको छ ।

शनिबार १६, भदौ २०८० ०६:४७

नेकपा एमाले बाजुराले जनप्रतिनिधीको जिल्ला भेला सहीत प्रशिक्षण दिने

थापाले सामाजिक सञ्जाल मार्फत भेला आयोजनाको औपचारिक जानकारी समेत गराएका छन् । जिल्लाको विकासमा पालिका स्तरमा भइरहेका प्रयास, जनताका लागि जारी गरिएका घोषणा पत्र अनुसारको काम कारवाहीको अवस्था, जनता र जनप्रतिनिधी बीचको सम्बन्ध बारे लिखित छलफलका लागि भेला आयोजना गरेको हो ।

शनिबार १६, भदौ २०८० ०७:००

बाजुराको कोल्टीबाट नेपालगञ्ज लिदैं गर्दा जहाज भित्रै विरामीको मृत्यु

एपेन्डिसाइडको समस्याले थला परेका कटेलको जहाज नेपालगञ्ज नपुग्दै बीच यात्रामै मृत्यु भएको हो । कटेललाई उपचारका लागि सिता एयरको विमानबाट पठाइएको थियो । २४ घण्टा भित्र उपचार गराइसक्नु पर्ने जटिल रोगको सिकार बनेका कटेललाई लिएर जहाज दिउँसो १२ः३३ मा कोल्टीबाट उडेको थियो ।

शनिबार १६, भदौ २०८० ०७:४२

सुदूरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगितामा बाजुरा प्रथम

भदौ १४ गते बाट धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो । सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा ८ औं पटक डेउडा प्रतियोगिता सम्पन्न गरेको सुदूरपश्चिम डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताएका छन् ।

शनिबार १६, भदौ २०८० १०:२१

बाजुरामा चट्याङ लागेए ११ वर्षीय एक बालिकाको मृत्यु

गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न . ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिएका छन् । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ ।  ११ वर्षिय बालिका संगै एक भैँसि र भैँसिको पाडो र एक गोरु  पनि मरेको  बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना लेखमा मागथलामा खरक हालेर बस्दै आएका थिए ।

आइतबार १७, भदौ २०८० ०७:४८

पैसा नहुँदा उपचार बिना अस्पतालबाट घर फर्काइयो खप्तड छेडेदह ३ का  रावतलाई

आर्थिक अवस्थाले बाहिर गएर उपचार गर्न सक्ने अवस्था नभएपछि आफन्तले उनलाई घर फर्काएका छन् । बयालपाटामा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि बाहिर लिनका लागि आर्थिक अभाव भएकाले घर फर्काइएको उनका आफन्त शेर बहादुर रावतले बताएका छन् । पैसाको जोहो कतैबाट नभएपछी घर फर्काइएको उनले बताए ।

आइतबार १७, भदौ २०८० ११:०२

नेपाल सेमिफाइनल नजिक

आइतबार १७, भदौ २०८० ०४:३६

बाजुरामा एक १४ वर्षिय किशोरीको शव फेला

उनि सािवार बेलुका घरबाट बेपता भएकी थिएन् । हिजो ( सनिबार )बेलुका घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा  मृत अवस्थामा भेटिएकको हो ।  स्थानीयले हिजो नै प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव (आइतवार)आज  बिहान सात बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले सुदूर संसर डकमलाई  जानकारी दिएका छन् ।

आइतबार १७, भदौ २०८० ०५:४४

बडीमालिका नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नयाँ जिम्मेवारी सहीत आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जनताको कामलाई जनप्रतिनिधीसँगको सहकार्यमा चुस्तदुरुस्त पार्दै लैजाने बताएका छन् । नगर बासीको विकासको आकाक्षा र जनप्रतिनिधीको योजना अनुसारको कामलाई प्रभावकारी बनाउन आफू प्रतिवद्ध भएर काम गर्ने बताएका छन् ।

आइतबार १७, भदौ २०८० ०९:०३

एसिया कप क्रिकेट : दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै

अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो। श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।

सोमबार १८, भदौ २०८० १०:३१

बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार अभियान सुरु

बुढीगंगा नगरपालिका वडा १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी विस्तार गरीएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला संयोजक शंकर गिरीको अध्यक्षतामा सञ्चालन भएको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरेको हो । अम्मर रावलको संयोजकमा ११ जना तदर्थ कमिटी गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका बुढीगंगा नगरपालिका सम्पर्क समिति तथा युवा नेता शम्भु जोशीले जानकारी दिएका छन् ।

सोमबार १८, भदौ २०८० ०३:०१

बाजुरामा १ सय १० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट

प्रहरी टोलीेले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी १ सय १० लिटर मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले बडीमालिका नगरपालिका ८ र ९ का विभिन्न होटेल पसल खानतलासी गर्दा उक्त परिणामको मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने गोप्य सूचनाका आधारमा मार्तडी बजार क्षेत्रका दुई वटा वडाबाट मदिरा बनाउन राखिएको ९५ लिटर कच्चा पदार्थ (पासा) र १५ लिटर अवैध घरेलु मदिरा गरी १ सय १० लिटर नष्ट गरेको प्रहरी प्रमुख डीएसपी कविन्द्र सिंह बोहराले बताएका छन् ।

सोमबार १८, भदौ २०८० ०४:०५

एमाले बाजुराले मंसिरमा जिल्ला अधिवेशन गर्ने, भदौ २० पछि पालिका प्रशिक्षण

मंसिरमा जिल्ला अधिवेशनको मिति तोकिएसँगै नेतृत्वमा आकांक्षा राख्नेहरुले आफ्नो लवीग बढाएका छन् । नेकपा एमालेले राजकीय पदमा भएका व्यक्तिको हकमा टोल देखि प्रदेश सम्मका अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिएर दोहोरो कार्यकारी जिम्मेवारी लिन नपाउने निर्णय गरेपछि आकांक्षीको संख्या केही घटेको छ ।

सोमबार १८, भदौ २०८० ०८:०३

बाजुराको सदरमुकाममै बसपार्क छैन, सडक छेउमै हुन्छन् गाडी पार्किङ्ग

बसपार्क निमार्णका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल र लगानी गरिएको नगरप्रमुख अमर खड्काको दावी छ । जग्गा नहुँदा समस्या भएको बताउदै आफुहरु निर्वाचित भए पश्चात पनि लगानी धेरै खर्च गरिसकेको बताएका छन् । अवको दुई महिना भित्रै बसपार्क निमार्ण गर्ने गरी प्रक्रिया अगाडी बढाइएको पनि उनले बताए । जिल्ला स्थित अन्य सबै सरोकारवाला निकाय संग छलफलका लागि भोलि (मंगलबार) बैकक बोलाइएको पनि उनले बताएका छन् ।

सोमबार १८, भदौ २०८० ०९:०७

विद्युतीय तारमा परेर एकको मृत्यु

मङ्गलबार १९, भदौ २०८० ०९:०१

गीत गाँउदै अपाङ्ग र दृष्टिबिहिनका लागि रकम माग्दै बाजुरा पुगे नवलपरासिका पाँच जना

बाजुरा आइपुगेका दुई दृष्टिबिहिन्, एक अपाङ्ग र दुइ जाना अन्य गरी पाँच जनाको टोली एक परिवार जस्तै हो । उनिहरुकको आफ्नै मौलाकालिका नामक अपाङ्ग  सेवा संस्था छ ।अपाङ्ग र अशक्तहरुको सेवाका लागि उनिहरुले संस्था नै स्थापना गरेर मानव सेवामा जुटेका छन् । “हामी सबैको एउटै रहर, अपाङ्गतालाई सम्मान र अवसर”भन्ने मुल नारा सहित २०७३ सालमा संस्था नै दर्ता गरेर निरन्तर अपाङ्गहरुको सेवामा समर्पित रहेको उनिहरुको साहारामा आएकी तिला जैशीले बताइन् ।

मङ्गलबार १९, भदौ २०८० ११:२३

स्थानीय तहका कर्मचारी द्धारा निजामती सेवा दिवस नमनाउने घोषणा

प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारीमार्फत आठ बदे मागसहितको संयुक्त ज्ञापन पत्र बुझाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ ४ गते नगरपालिकालाई २२ भदौमा निजामती सेवा दिवस मनाउन पत्राचार गरेको भएपनि आफुहहरुले नमनाउने घोषणा गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल वि.क ले बताएका छन् ।

मङ्गलबार १९, भदौ २०८० ०२:०५