बिहिबार, ०३ असोज २०८१

बाजुरामा एक १४ वर्षिय किशोरीको शव फेला

घटना बारे थप जानकारी आउन बाँकी रहेको प्रहरीको भनाई

बाजुरा :   हिमाली गाँउपालिकामा एक १४ वर्षिय किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार  मृत अवस्थामा शव फेला परेकी किशोरी  हिमाली गाँउपालिका वडा न. १ नेटाकी स्थानीय तारा थापाकी १४ वर्षिय छोरी सर्पनसिला थापा रहेकी छन्।

उनि सनिबार  बेलुका घरबाट बेपता भएकी थिइन् । हिजो ( सनिबार )बेलुका घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा  मृत अवस्थामा भेटिएकको हो । स्थानीयले हिजो नै प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव (आइतबार)आज  बिहान सात बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले सुदूर संसार  डकमलाई  जानकारी दिएका छन् । 

घटना बारे थप अनुसन्धान  भइरहेको पनि प्रहरी निरिक्षक भण्डारीको  भनाई छ । घटना के ? कारणले भएको हो भन्ने कुरा अनुसन्धान पछि मात्रै थाहा हुने बताउदै उनले अहिले मृतक किशोरीको शव पोष्टमातमका लागि कोल्टी प्राथामिक स्वास्थ्य चौकीमा राखिएको बताएका छन् । थप  जानकारी पोष्टमातम रिपोर्ट पछाडी मात्रै थाहा हुने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस