आइतबार, ०७ पुष २०८१

रुपान्तरणको अभियान लिएर जनतासँग जोडिदैं माओवादी

बाजुरा : नेकपा माओवादी केन्द्र रुपान्तरण अभियान सहीत जनताको घरदैलोमा पुग्ने भएको छ । तीन महिने रुपान्तरण अभियानको सुभारम्भ गर्दै माओवादीले जनतासँग जोडिनकै लागि अभियान सञ्चालन गरेको उद्घोष गरेको छ । 

अभियानको देशैभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल कार्यक्रमबाट उद्घाटन गरेका हुन् । मंसिरसम्म चल्ने अभियानलाई टाढिएजस्तो जनतासँगको सम्बन्धलाई नजिक बनाउनमा केन्द्रीय हुने छ । 

जनताको पार्टीका रुपमा स्थापित माओवादीले जनजीवीकाका सवाल उठाउने र जस अरुले लिने कुरालाई चिर्न गाउँ तहसम्म जान अभियानलाई अघि सारिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज देवकी मल्लले बताएकी छन् ।

केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकी मल्ल, प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाह, पार्टी जिल्ला कमिटीका नेताहरु, प्रदेश कमिटीका नेताहरु सहीतको सहभागितामा जनतासँग बिशेष रुपान्तरण अभियानको सुभारम्भ गरिएको छ ।  

जिल्ला स्तरीय कार्यक्रमको उद्घाटन मल्ल स्वयले गरेकी हुन् । नेपाली सर्वाहाराको मुक्ति र परिर्वतनका लागि लडेको, र लडिरहेको माओवादीलाई काँग्रेस एमालेको गलत प्रचारले जनता अल्मलिएको र दोबीधामा भइरहेकोले भ्रम चिर्न र जनतासँगको सम्बन्ध थप बलियो बनाउन रुपान्तरण अभियान थालेको मल्लले भन्नु भएको छ ।

जनजनमा माओवादी, घरघरमा माओवादी सहीतको आदर्श बोकेर नेता कार्यकर्ता सबै गाउँ केन्द्रीय हुन लागेको प्रदेश कमिटी कोषाध्यक्ष कमल कुमारी शाहले बताएकी छन् । पहिलो पार्टीका रुपमा स्थापित गर्ने लक्ष्य सहीत अभियान गाउँ गाउँमा पुग्ने र प्रत्येक जनतासँग जोडिने शाहको भनाई छ । 

जनतासँग विशेष रुपान्तरण अभियान भनिएको कार्यक्रम तीन महिनेसम्म चल्ने छ । सबै तहका नेता कार्यकर्ता अनिवार्य गाउँ, वडा, टोल र केन्द्रमा खटिनु पर्ने छ । भने माओवादीका स्थापित मान्यता देश विकासका लागि गरेको योगदान र सरकारमा हुँदा सुशासन र विकासका लागि खेलेको भूमिका बारे छलफल हुने माओवादी केन्द्र बाजुराले बताएको छ ।

माओवादी पछिल्लो समय सानो आकारमा खुम्चिदै गएको छ । २०६४ सालमा देशकै पहिलो दल बनेको माओवादी २०७९ मा आइपुग्दा ३२ सिटमा खुम्चिएको छ । सरकारको नेतृत्व गरेपनि, माओवादीको गाउँ स्तरको जनमत निकै कम हुदै गएको छ । 

गठबन्धन विना माओवादी चुनावमा जान सक्ने अवस्था नै नहुने स्थितिमा पुगेपछि नेताहरु चिन्ता सहीत अभियानमा सक्रिय देखिएको छ । अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वामिकार्तिक र जगन्नाथ, बुढीनन्दा र हिमाली, बडिमालिका र गौमुल, त्रिवेणि र बुढीगंगा र खप्तड छेडेदह कमाण्ड तोकेर जिम्मेवारी बाँडफाँड गरिएको छ । सोही अवसरमा एमाले कार्यकर्ता जित चंदाराले माओवादी प्रवेश गरेका छन् । 

May be an image of 8 people

प्रतिक्रिया दिनुहोस