मङ्गलबार, ०१ असोज २०८१

आस्थाकै भरमा अडेको ‘धर्तीको स्वर्ग’ बडीमालिका

शब्दले जति सुन्दरताको ब्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका । जति हेरपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन् । जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ । पुग्नेहरुले सुदूरको स्वर्गकै उपमा दिने गरेका छन् । प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाह हुन्छ । त्यहाँ पुगेपछि सबैजसोले यही अनुभूत गर्छन् । र भन्छन् ।

बिहिबार १४, भदौ २०८० ०२:०३

बाजुरामा वर्षाका कारण ३३ घर भत्किए, १६ परिवार विस्थापित

स्थानीय पालिकाहरुले समेत विपत जन्य जोखिमबाट नागरिकलाई बचाउन कुनै ठोस योजना बनाएका छैनन् । हरेक वर्ष बाढी पहिरोका कारण विस्थापित परिवारहरु कोही छिमेकीको घरमा त कोही खुला आकाश मुनि पाल टाँगेर बस्न बाध्य भएपनि तीन वटै तहका सरकारहरु भने बेखबर छन् ।बस्ती स्थानान्तरणका लागि हाल सम्म कुनै सुरसार छैन । सरोकारवाला व्यक्ति र निकायहरु नै बेखबर देखिन्छन् । बाजुराको उच्च तहको नेतृत्व गर्ने नेताहरु नै जिम्मेवार देखिदैनन् ।

बिहिबार १४, भदौ २०८० ०४:३८

महत्वपुर्ण निर्णय गर्दै सकियो बुढीनन्दामा बसेको बुढीनन्दा नगर कार्यपालिकाको १९ औँ कार्यपालिका बैठक

नगर प्रमुख जनक कुमार  बोहराले बुढीनन्दा लगायतका नगर भित्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई पनि नगरपालिकाको समृद्धी संग जोडेर प्रचार प्रसार संरक्षण प्रवर्द्धनका कार्यलाई अगाडी बढाइरहेको बताए ।

शुक्रबार १५, भदौ २०८० १२:३६

आह ! बुढीनन्दा, तालै तालको पाटन  (फोटो फिचर)

सधैको समयमा सो क्षेत्र जान सकिदैन् । जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ । मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरुका लागि सन्तान प्राप्त हुने धार्मीक विश्वास रहि आएको छ । सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ । उनीहरुले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् ।

शुक्रबार १५, भदौ २०८० ०३:०३

लभदह अर्थात छेडेदह तालमा वृक्षारोपन गरिने

तीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् । उसो त नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै ओझेल छ । गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था फेरिएको छैन। बरु पहिरोका कारण एक मात्रै गर्व गर्न लायक सम्पदा मासिने जोखिम छ । तालको प्रबर्द्धनका लागि पालिकाले दीर्घकालिन रणनीति तयार पार्दै आएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।

शुक्रबार १५, भदौ २०८० ०५:२०

बार्जु सँस्कृति जोगाउन बाजुरामा नियमित लाइभ देउडा

मेला महोत्सव हुँदा आधुनिक र लोक गीत अनि संगीत भरिएका देउडाले मात्रै प्राथमिकता पाउने भएपछि प्रतिष्ठानले लाइभ देउडाको संरक्षण गर्न कार्यक्रम आयोजना गर्न सुरु गरेको हो । गाउने कलाकार देखि हेर्ने दर्शकलाई रुचिको विषय पनि कम हुदै गएको प्रति चिन्ता बढेपछि लाइभ देउडालाई स्थान दिन खोजिएको हो ।

शुक्रबार १५, भदौ २०८० ०८:१५

बडीमालिका यात्रामा सेनाद्धारा ८ सय बढीको स्वास्थ्य उपचार र ५ जनाको उद्दार

तीर्थयात्रीहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर उपचार सेवाका लागि शिविर सञ्चालन गरिएको गुल्मपती धमेन्द्र बहादुर सिंहले बताएका छन् । यो पटक बडीमालिका धार्मीक तीर्थ यात्रामा नेपाली सेनाको बाक्लो उपस्थिति गराइएको थियो । राहत, सेवा र उद्दारका लागि टोली नै परिचालन गरिएको थियो ।

शुक्रबार १५, भदौ २०८० ०८:३६

युवा सोच र परिवर्तनको बाटो

युवाले गर्नु पर्ने जिम्मेवारी र निर्वाह गर्नु पर्ने भूमिका हामीले पुरा गर्न सकेका छैनौ । पढ्न गएको युवा अरुलाई अनावश्यक विषय पढाइ रहेको देखिन्छ । काम गर्ने सीप नभएको युवा योग्य युवालाई काम र गरि खाने सीपको कुरा सिकाइरहेका छौं । यति लज्जीत काममा पनि हामीलाई पछुतो छैन् । झनै बडो शानका साथ गफ दिइरहेका छौं ।

शुक्रबार १५, भदौ २०८० १०:२३

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

शनिबार १६, भदौ २०८० १०:१८

देउडा संगै ठाडीभाका गीत बिस्तारै हराउदैँ संरक्षणमा चुनौती

कला साहित्य क्षेत्रको संरक्षणमा लागिहरु बाहेक स्थानीय पालिकाका तर्फबाट कुनै पहल र लगानी गरिएको छैन् । स्थानीय सरकारले कलाकारिता क्षत्रको विकास कलाकारहरुको सम्मान र सस्कृतिको जगेर्ना गर्न कुनै ठोस योजना सहितको पहल गरेको पाइदैन । यसकारण पनि सँस्कृति हराउँदै जाने थप चिन्ता बढ्दै गएको छ ।सँस्कृतिको जर्गेना गर्न नयाँ पुस्तालाई कला क्षत्रतर्फ जागरुप गराउन स्थानीय सरकारले नीती नै बनाएर अगाडी बढ्न सके कला सँस्कृतिको जर्गेनामा टेवा पुग्ने कलाकारहरु बताउन्छन् ।

शनिबार १६, भदौ २०८० १२:५४