बिहिबार, ०३ असोज २०८१

‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओली

विद्यार्थीहरुको समूह एड टक्सले गर्न लागेको ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् । ‘आज म ‘बासँग विद्यार्थी’ भन्ने कार्यक्रममा हुनेछु । कार्यक्रम इम्पेरियल बेङ्क्वेट सल्लाघारी भक्तपुरमा बिहान ११ः४५ मा हुने रहेछ । कार्यक्रमको मोडरेटर चाहिँ भिडियोमा देखिएकी यी नातिनीले गर्नेछिन् ।’ सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ क्लिप सेयर गर्दै अध्यक्ष ओलीले भनेका छन् ।

शनिबार ३०, भदौ २०८० ०९:५१

चेतनदीप ऐडीको सम्झनामा काठमाडौंमा फुट्सल प्रतियोगिता

बाजुराबाट काठमाडौंमा कर्म थलो बनाएर अध्ययन गर्ने र जागिर गर्नेहरुबीचबाटै खेलाडी सहभागि भएका छन् । नौ वटै पालिकाबाट २२ वटा टिम सहभागि भएको आयोजकले बताएको छ । व्यवस्थापक, खेलाडी, प्रशिक्षक सबै गरि १० जना रहने गरि टिम तयार पारिएको छ ।

शनिबार ३०, भदौ २०८० १२:१६

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता जारी

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारसँग वार्ता भइरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो ।

आइतबार ३१, भदौ २०८० ०३:०९

गैरीगाउँ हत्या प्रकारण : सीसीटीभीमा कैद भएका व्यक्तिले नै ४ जनाको हत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।

आइतबार ३१, भदौ २०८० ०३:१३

सुहाङले थाम्लान् त सुवास नेम्वाङको राजनीतिक विरासत ?

काठमाडौं, । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उनको राजनीतिक उत्तराधिकारी को होला ? नेम्वाङको परिवारकै सदस्यले त्यो विरासत थाम्लान् कि अरु नै नेता उदाउँलान् ? एमालेमा छलफल सुरु भइसकेको छ ।

आइतबार ३१, भदौ २०८० ०३:४०

‘नवीनसँग रिसइबी, थाहा पाउने डरले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आइतबार ३१, भदौ २०८० ०४:३९

विद्यालय बन्द नगर्न गौमुल गाउँपालिकाकोे शिक्षकलाई निर्देशन, नियमको पालन नगरे कारवाही गरिने

बाजुरामा पनि विद्यालय बन्द भएपछि बालबालिकको पढाई प्रभावित भएको छ । विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन तर्फ केन्द्रीत भएपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय बन्द गरेर आफ्ना मागका लागि शिक्षक अन्दोलन तिर लागेपछि चौतर्फिक आलोचना समेत भएको छ ।

बिहिबार ०४, असोज २०८० ०८:५०

युवा संघ सुदूरपश्चिमको सहसचिवमा आरसी रोकाया सर्वसम्मत

अधिवेशनबाट उपसचिव सहीत ६ जना प्रदेश कमिटी सदस्य पदमा निर्वाचित भएका छन् । युवा संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अरुण कुँवर निर्वाचित भएका छन् । उनको नेतृत्वमा उपाध्यक्ष बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सहसचिवमा आरसी रोकाया, दिपेनद्र खड्का र कोषध्यक्षमा खगेन्द्र नाथ निर्वाचित भएका छन् ।

शुक्रबार ०५, असोज २०८० ०६:४०

बेरुजु असुलीमा उदासिन कर्मचारी कि जनप्रतिनिधि

बाजुरा । सरकारी निकायमा काम गर्ने व्यक्ति वा संस्थाले थाहा पाएर,नपाएर वा भनेको समयमा प्रक्रियागत रुपमा कागजपत्र उपलब्ध गराउन नसकेका कारण बेरुजुको भागिदार हुनुपर्ने हुन्छ ।कानूनी रुपमा व्यक्ति, संस्था,सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति, यातायात व्यवसायी,

मङ्गलबार ०९, असोज २०८० १०:१७

बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु, २ सय बढी विरामी

विरामीका १ सय ३ डिग्री भन्दा माथिको ज्वरो आउने गरेको छ । ज्वरोसँगै खोकी लाग्ने, श्वास फुल्ने, उठ्न नसकिने, रिंगटा लाग्ने जस्ता लक्षण विरामीमा देखिएको छ । संक्रमण देखिएको जानकारी लगत्तै स्वास्थ्य कार्यालय बाजुराले पनि औषधी सहीत स्वास्थ्य कर्मी पठाएको कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् । ल्याव सहीतको टोली पठाएको छ ।

मङ्गलबार ०९, असोज २०८० १०:४७

प्रधानमन्त्री प्रचण्ड आज ल्हासा प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

बुधबार १०, असोज २०८० ०९:१३

विश्व पर्यटन दिवस आज मनाइँदै

काठमाडौँ, । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

बुधबार १०, असोज २०८० ०९:१६

सुदूरपश्चिममा डेङ्गुको प्रकोप : आठ महिनामा तीन जनाको मृत्यु, आठ सय बढी सङ्क्रमित

सूदुरपश्चिम । सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

बुधबार १०, असोज २०८० ०९:२७

पर्यटनमन्त्री किरातीबाट विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ, । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन् ।

बुधबार १०, असोज २०८० ०९:३५

पाटन दरबार सङ्ग्रहालय अवलोकन निःशुल्क

ललितपुर, । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ ।

बुधबार १०, असोज २०८० १२:३२

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

काठमाडौँ, । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ ।

बुधबार १०, असोज २०८० १२:४२

सर्वसम्मत नेतृत्व र एमालेलाई पहिलो पार्टी बनाउन उम्मेदवारी हो : अध्यक्षका प्रत्यासी जैसी

पार्टीका महाधिवेशन वरपर त्यस्तो हुन्छ तर पछि हामी एकाकार भएर अघि बढेका छौ । म जैले पार्टी जोगाउन लागेको छु , मुल कुरा कठिन अवस्थामा पार्टी जोगाउन लाग्यो कि लागेन भन्ने हो । २०५४ मा पनि पार्टी भनेकै एमाले रहन्छ भनेर एमाले बचाउन लागे पछिल्लोपटक पनि विभाजनको विरुद्धमा लागे ।

बुधबार १०, असोज २०८० ०२:४१

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन र अबको बाटो..

एमाले यस बीचमा विभिन्न उतारचढावसंग हिँड्दै, लड्दै , उठ्दै , फेरि हिँड्दै अगाडि बढीरहेको छ । यी शृङ्खलावद्ध उतारचढावबाट, यी सिकेका लेसनहरूबाट , विगतका तितामीठा अनुभवबाट , भोगाई र सिकाईबाट 'अबको एमाले कस्तो बनाउने ?' भन्ने प्रश्न हाम्रो सामु जबर्जस्त उभिएको छ । आज नेकपा एमाले कहाँ छ ? भन्ने प्रश्नको 'भित्तेघडी'बाट यतिबेला नेकपा एमालेमा आबद्ध सबै नेता, कार्यकर्ता, यसका इमानदार सिपाहीले एमालेका समस्याको मसिनो गरी पहिचान गर्न जरुरी छ । त्यसबाट नै समस्याको समाधान निस्कन्छ ।

सोमबार १५, असोज २०८० ०४:०३

एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कमल तिमिल्सेनाको उम्मेदवारी

कलम तिमिल्सेना प्रदेश कमिटी उपाध्यक्ष हुन् । यो पटक अध्यक्षमा उम्मेदवारी दिने दाबी गरेका छन् । यस अघि अछामकै कृष्ण प्रसाद जैशीले उम्मेदवारी नै घोषणा गरिसकेका छन् । अहिलेसम्म नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षका लागि अछामकै जैशी र तिमिल्सेनाले आकांक्षा राखेका छन् । वचन सिंहले पनि अध्यक्षमा लड्ने तयारी गरेका छन् । अरुले भने मुख खोलेका छैनन् ।

सोमबार १५, असोज २०८० ०४:५६

सर्वसम्मत छानिए एमालेको प्रदेश अधिवेशनका लागि बाजुराबाट १२९ जना प्रतिनिधी

बाजुराबाट नै सबैभन्दा बढी प्रदेश प्रतिनिधी सहभागि हुने छ । नौ पालिका मध्ये सहभागि बुढीनन्दा नगरपालिकाबाट मात्रै २८ जना सहभागि हुनेछन् ।
यो संख्या नौ वटा जिल्लाका ८८ वटा पालिका मध्ये सबैभन्दा बढी हो । यस्तै गौमुल गाउँपालिकाबाट २४ जना सहभागि हुनेछन् । बडीमालिकाबाट १६ जना, जगन्नाथ गाउँपालिकाबाट १६ जना, स्वामिकात्र्तिक खापर गाउँपालिकाबाट १३ जना सहभागि हुनेछन् ।
बाजुराकै बुढीगंगा नगरपालिकाबाट १२ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ११ जना, हिमाली गाउँपालिकाबाट ५ जना र त्रिवेणी नगरपालिकाबाट ४ जना सहभागि हुने छन् ।

मङ्गलबार १६, असोज २०८० ०८:१२

विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक

काठमाडौँ, । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनको आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ ।

मङ्गलबार १६, असोज २०८० ०९:५३

गृहमन्त्रीलाई ओलीको प्रश्न : कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ ।

मङ्गलबार १६, असोज २०८० ०३:५३

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जानकारी दिए । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए ।

मङ्गलबार १६, असोज २०८० ०७:०५

बझाङ भूकम्प अपडेट : एक जना बेपत्ता, घाइते हुनेको संख्या १३ पुग्यो

कैलाली । बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । लेकमा एकजना बेपत्ता भएको खबर आएको र त्यस विषयमा जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

मङ्गलबार १६, असोज २०८० ०७:११