बिहिबार, ०३ असोज २०८१

बडीमालिका नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

जनप्रतिनिधीले गरे स्वागत

बाजुरा : बडीमालिका नगरपालिकाकका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यस अघिका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकको ठाउँमा उपसचिव देवेन्द्र सापकोटा आएका छन् । नयाँ हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई नगर प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधीको टोलीले स्वागत गरेको छ ।

आजैबाट काम गर्न सुरु गर्ने जिम्मेवारी सहीत प्रमुख प्रशासकीय अधिकृतले हाजिर लगाएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । नगपालिकाले देवकोटालाई स्वागत गरेको छ । 

शाखा अधिकृत रंगमल विकले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । सापकोटाको हाजिरीसँगै विक पुरानै शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा फर्किएका छन् । 

नयाँ जिम्मेवारी सहीत आएका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जनताको कामलाई जनप्रतिनिधीसँगको सहकार्यमा चुस्तदुरुस्त पार्दै लैजाने बताएका छन् । नगर बासीको विकासको आकाक्षा र जनप्रतिनिधीको योजना अनुसारको कामलाई प्रभावकारी बनाउन आफू प्रतिवद्ध भएर काम गर्ने बताएका छन् ।

प्रमुख प्रसासकिय अधिकृतको रुपमा आएका सापकोटालाई नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा कमारी थापा, शाखा अधिकृत रंगमल विक लगायत जनप्रतिनिधि र अन्य कर्मचारीको टिमले बधाई दिनुका साथै सफल कार्यकालको शुभकाममना दिएका थिए । उनीहरुले कामका सहकार्य र आपसी सहयोगको भावना सहीत अघि बढ्ने विश्वास दिएका छन् । 

प्रतिक्रिया दिनुहोस