बिहिबार, ०३ असोज २०८१

स्थानीय तहका कर्मचारी द्धारा निजामती सेवा दिवस नमनाउने घोषणा

दिवसको दिन हातमा कालोपट्टी बाँधेर बिरोध जनाउने तयारी

बाजुरा : स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । मंगलवार जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगि बडीमालिका नगरपालिकमा सेवारत कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदैनिजामती सेवा दिवस नमनाउने घोषणा गरेका हुन् । उनिहरुले  दिवसको दिन हातमा कालोपट्टी बाँधेर बिरोध जनाउने तयारी रहेको जानकारी समेत ज्ञापन पत्र मार्फत गराएका छन् । 

प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारीमार्फत आठ बदे मागसहितको संयुक्त ज्ञापन पत्र बुझाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ ४ गते नगरपालिकालाई २२ भदौमा निजामती सेवा दिवस मनाउन पत्राचार गरेको भएपनि आफुहहरुले नमनाउने घोषणा गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल वि.क ले बताएका छन् । 

नगरपालिकाका कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित संघीय  निजामती सेवा ऐनको मस्यौदामा स्थानिय तहका कर्मचारीहरुलाई निजामतीमा नसमेटिएकाले निजामती सेवा दिवस उपयुक्त नठानी सो दिवस नमनाउने थयारीमा आफुहरु रहेको उनले बताए । 


त्यस्तै स्थानिय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमनाउने भन्दै उनिहरुले संयुक्त विज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन । विभिन्न माग राख्दै देशभरका स्थानिय तहमा कार्यरत कर्मचारीहरुले उक्त दिवसको विरोध जनाएका छन ।

उनिहरुले संघीय निजामती सेवा ऐन नभइ एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानिय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणली हुनपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै निजामती कर्मचारीहरुले अस्पतालमा सबै कर्मचारीहरुको उपचार पाउनु पर्ने, प्रमुख प्रशासकीय पद स्थानिय तहकै हुनुपर्ने र स्थानिय तहमा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगातका मागहरु ज्ञापन पत्र मार्फत राखिएको छ । 

प्रतिक्रिया दिनुहोस