बिहिबार, ०३ असोज २०८१

कर्मचारी युनियनको स्थापना दिवस बाजुरामा पनि मनाइयो

अस्पतालमै पुगेर बिरामीलाई फलफुल वितरण

बाजुरा : कर्मचारी युनियनको स्थापना दिवस बाजुरामा पनि मनाइएको  । कर्मचारी युनियन बाजुराले मंगलवार बिभिन्न कार्यक्रम गरी आफेनो स्थापना दिवस मनाएको हो । यसैबिच बिहान जिल्ला अस्पताल बाजुरामा उपचारत अवस्थामा रहेका बिरामीलाई फलफुल वितरण समेत गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालमै पुगेर बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको कर्मचारी युनियन बाजुराले जनाएको छ । 

ऐतिहासिक पृष्ठभूमि पेसागत मर्यादा, कर्मचारी एकता एवं निजामती सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासका विविध पक्ष व्यवस्थापनसँग सौदावाजीसमेत गरी आफना सदस्यहरूको हकहित प्रर्वद्धन गर्न संगठित नेपाल कर्मचारी युनियनले विभिन्न समयमा कर्मचारीको हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको कर्मचारी युनियनका अध्यक्ष कुल बहादुर रावलले  बताएका छन् । 
 
फलफुल वितरण  कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानी, नेपाली काँग्रेसका पार्टी उपसभापति पदम बडुवाल, टे«ड युनियन काँग्रेसका प्रदेश सदस्य पार्वती साँउद, नेविसंघका जिल्ला अध्यक्ष जनक थापा, नेपाल निजामाती कर्मचारी युनियनका पुर्व अध्यक्ष रामचन्द्र यादव, वर्तमान अध्यक्ष कुल बहादुर रावल लगायत नेपाल कर्मचारी युनियनका सदस्यहरुको सहभागिता रहेकाके थियो । 

प्रतिक्रिया दिनुहोस