बाजुरा : खप्तड छेडेदह गाउँपालिका वडा न . ३ का उदे रावतको यहीँ भाद्र १४ गते करिब १२ बजे राती चर्पी जान भनेर बाहिर आउदै गर्दा सिडिमा लडेर खुट्टा भाचियो । खुट्टा भाचिएपछी आफन्तले उनलाई पछिल्लो दिन १५ गते नै अछाम स्थित बयालपाटा अस्पताल लगे । त्यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले सुबिधा सप्पन्न अस्पताल रिफर गर्यो ।
तर उनको आर्थिक अवस्थाले बाहिर गएर उपचार गर्न सक्ने अवस्था नभएपछि आफन्तले उनलाई घर फर्काएका छन् । बयालपाटामा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि बाहिर लिनका लागि आर्थिक अभाव भएकाले घर फर्काइएको उनका आफन्त शेर बहादुर रावतले बताएका छन् । पैसाको जोहो कतैबाट नभएपछी घर फर्काइएको उनले बताए ।
निज उदे रावत अहिले ८२ वर्षको पुगे, उमेरको ओराली लागेसंगै छोराबुहारीको साहारामा बस्नुपर्ने उनको काँधमा बृद्धअवस्थाको भैसक्दा पनि सिङ्गो जिम्मेवारी छ । उनका एक मात्रै छोरा छन् । जो अहिले ६ वर्षको मात्रै भएका छन् । यो भन्दा अगाडिका छोरा कोही जन्मिदै मृत भएर जन्मिए त कोही हुर्काई बढाई गरिसकेकाको पनि मृत्यु भयो ।
उनले छोराकै आसमा तीन वटा बिवाह गरे ।अगाडिको दुई श्रीमतीको मृत्यु भैसकेको छ । सबैभन्दा कान्छी श्रीमती अहिले उनी संगै छन् । उनीबाट जन्मिएका मात्रै एक छोरा र छोरी गरी ४ छोरीहरु गरि ५ सन्तान छन् । उनीबाट जन्मिएका तीन छोराको मृत्यु भैसकेको छ । उनका आफन्त अनुसार उनले तीन वटा श्रीमतीबाट २० बढी सन्तानको जन्म दिए । ती मध्यका १० बढी छोराहरु नै थिए । तर अन्तिमको एक छोरा बाहेक कोही बाँचेका छैनन् । छोरामध्यका एक मात्रै बाँचेका उनी आफै आमाबुवाको साहारामा बाँचिरहेका छन् ।
८२ वर्षका बृद्ध रावतलाई बिहान बेलुका छाक तार्नकै लागि भएपनि दिनभर सकिनसकी भएपनी काम गर्नैपर्ने बाध्यता छ । काम नगर्यो भने बेलुका चुलोमा आगो बाल्ने स्थिति छैन । छाक तार्नका लागि भएपनि दुःख कष्ट गरेर जनाको परिवार चलाउदै आएका उनको खुट्टा भाचिएर थला परेपछि सिङ्गो परिवारको बिचल्ली भएको छ । जग्गा जमिन भएपनि खेतीपाती गर्न सक्दैनन् । सोचेजस्तो उत्पादन नै हुँदैन, कसरी दिन गुजार्ने ? भन्ने चिन्ताले नसताएको दिनै छैन त्यसैमा आफै बिरामीले थला परेपछि छोराछोरी भोकभोकै मर्ने चिन्ता उनलाई छ ।
तत्कालीन समयमा छोरा नभएपछि अपुताली हुन्छ भन्ने कु मान्यताकै कारण उनले तीन वटा बिवाह गरे । धेरै सन्तानहरु भए । धेरै सन्तान हुनुको पछाडीको कारण एउटा त छोरा पाउने आस थियो, अर्को अशिक्षा र जनचेतनाको कमी पनि हो । अहिले जस्तो परिवार नियोजनका साधनहरु तत्कालीन समयमा थिएनन् । न त जनचेतना नै थियो न त अहिलेको जस्तो साधनहरु नै थिए । त्यसकारण पनि उनि धेरै सन्तान जन्माउन बाध्य भए ।
दुःख पीडा र अभाव उनको जीवनबाट कहिले टाढा भएनन् । करीब २० बढी सन्तानको जन्म दिएका उनले छोरा पाउने धोको त पूरा गरे । उनका छिमेकीका अनुसार उनी आफैले भन्ने गर्छन् २२÷२३ छोराछोरी जन्मिए होलान् तर बाँचेनन् भनेर ! उसो त यस अघि पनि छोरा नै नजन्मिएका त होइनन् । तर कोही बाँचेनन् । उनकी अगाडिको दुई वटा श्रीमतीबाट जन्मिएकी कुनैपनि छोरीले विद्यालय पढ्न पाइनन् । तत्कालिन समयमा छोरिलाई बिद्यालय पढाउने चलन नै थिएन । बिद्यालय कसैले पढिहाले भनेपनि ती छोराहरू मात्रै पढ्थे ।
बिहान बेलुका छाक कसरी तार्ने ? भन्ने कुराको चिन्ता हुने परिवारमा पढाई लेखाई टाढाको कुरा नै थियो । पढ्न लेख्न नपाएपछि सानैमा बिवाह गर्न बाध्य भइन्। कान्छी श्रीमतीबाट जन्मीएकी दुई छोरीले पनि बिवाह गरिसकेकी छन् । अहिले उनी संग एक छोरा र दुई छोरी छन् । जिर्ण अवस्थामा रहेको उनको परिवार बस्दै आएको घर भत्किएपछि छिमेकीले बनाई दिएका थिए। अहिले छिमेकीले बनाईदिएको घरमा बस्दै आएका छन् । मिठो मसिनो खाने र नौलो लगाउने कुरा त उनको सिङ्गो परिवारका लागि दिवा सपना जस्तै हो । बिहान बेलुका पेट कसरी पाल्ने ?भन्ने कुरा नै हरेक दिनको चिन्ताको बिषय हो ।
चडपर्व, होस् कि कुनै मेला महोत्सव होस् उनको परिवारको अवस्था सधै उस्तै हो । अहिले रावत संगै भएका तीन छोराछोरी गाउँमा रहेको त्रीवेणी आधारभुत बिद्यालयमा पढ्छन् । “पढ्छन् र पढ्दैनन् भन्नु एउटै एउटै हो न कापी किताब नै हुन्छ, नत स्कुल ड्रेस नै हुन्छ, कहिले जाँन्छन् त कहिले जाँदैनन्” । स्थानीय बताउन्छन् । नियमित विद्यालय जान पाएका छन् । न त बालबालिकाले पाउनुपर्ने जस्तो हेरचाह पाएका छन् । अरु कुरा त टाढाको बिषय हो बिहान बेलुका पेटभरी खान पनि कहाँबाट खुवाउने ? भन्ने अवस्थामा रावत दम्पती छ ।
न कुनै व्यापार व्यवसाय, न त कोही कमाउने मान्छे छन् सबै ८२ वर्ष नाघिसकेका रावतकै भरमा अहिले पनि परिवार चलेको छ । श्रीमती नरा रावतले गाउँमा कहिले काँही गाउँमा योजनाहरु आएपछि काम गर्नु बाहेकको अर्को विकल्प छैन । छोराछोरी बाहिर गएर कमाउने अवस्था पनि छैन । श्रीमानको बृद्ध भत्ता र खेतीपाती गरेर उब्जाएको अन्नपातकै भरमै परिवार चलेको छ । अर्को कुनै आम्दानीको श्रोत छैन ।
पीडित रावत सुनाउन्छन्, “छोराहरुको मृत्यु नभएको भए यो अवस्था हुँदैन थियो होला, छिमेकी दाजुभाईका संगसंगै जन्मिएका अहिले कोही जागीर गर्छन् , राम्रो कमाई गर्छन् ,मेरा बाँचेनन् के गर्नु, जीवनभर दुःख पाए, अहिले बुढेसकालमा आएर झन दुःख छन् , दुःख भागमा लिएर जन्मिएको रहेछु,”
“कालले लिदैन, बाँचेर पनि ढिक्कार जस्तै लाग्छ, मरिहाल्यो भने पनि यी नाबालक का जालान भन्ने चिन्ता छुट्टै छ, घरमा नुन किन्न समेत पैसाको जोहो गर्नुपर्छ, न पैसा छ, न अनाज, छ अब छोराछोरी कसरी पाल्ने हो मैले, धनगढी, काठमाडौं लगेर उपचार गर्दिने मेरा को छन् ? कसलाई भनु अब जतीसक्दो छिटो मर्न पाए हुन्थ्यो्” भकान्निदै उनले आफ्नो दुखेसो पोखे,
उनी संगै बिवाह गरे देखि श्रीमती नरा रावतले पनि सुखको सास फेर्न पाएकी छैनन् । चिन्ताले नसताएको कुनै दिन छैन। बिवाह पछि उनले ८ सन्तान जन्माइन् । तर तीन छोराहरु बाँचेनन् । एक मात्रै छोरा अन्तिमको अहिले उनी संगै छन् । यहीँ छोरा छ भनेर चित्त बुझाएर बसेकी छु, दुबै श्रीमान श्रीमतीको आसाको दियो नै त्यहीँ अन्तिमको एक छोरा खेमराज हुन् । तर उनको उज्ज्वल भविष्य निर्माणमा भने साथ दुन नसकिनी उनको दुखेसो छ ।
“कसरी पढाउ, कमाई केही छैन, साथका कोही बोडिङ स्कुल पढ्छन् , तर यसलाई कापी कमल र ड्रेसको व्यवस्था पनि काबाट गर्ने भन्ने चिन्ता छ्” उनले सुनाइन् । “श्रीमानको खुट्टा भाचियो, उपचार पनि गर्न सकिने स्थिति छैन अस्पतालबाट घर फर्काइहाल्यो, बिहान बेलुका छोराछोरी के खुवाउने ? आफू के खाने झन दुःख माथी दुःख आइलगेको छ ” उनले थपिन्,
उसो त ८२ वर्षिय साहारा बिहिन् रावतले छोरीहरूबाट पनाती देखिसकेका छन् । छोरीहरुबाट पनाती देखिसकेका रावत छोरा नहुँदा साहारा बिहिन् छन् । उनको छोरीहरुबाट खासै सहयोग पाएका छैनन् । उसो त दुर्गम गाउँ घर तिर बिवाह गरिसकेकी छोरीलाई अर्काको अंस लागिसकेको भन्ने प्रचलन अझै कायम छ । त्यसकारण छोरीहरुबाट बुढापाखाहरुले खासै अपेक्षा समेत राख्दैनन् ।
उसो त बुवाको सम्पतीमा छोराछोरी दुबैको सामान हक हुनेछ, बृद्धअवस्थामा हेरचाह र पालनपोषणको जिम्मेवारी पनि दुबैलाई हुने कानुनी वयवस्था गरिएको भएपनि कार्यान्वयन भने हुन सकेको छैन । उनी आफस् मौ बेसाहारा छैनन् । उनका तीन छोराछोरी पनि बिचल्लि छ । आफुन्तहरुले सक्दो सहयोग गर्न पनि अपिल गरेका छन् । उनको अवस्था निकै दयनिय भएकाले सबैलाई सहगोग गरिदिन आफन्त शेर बहादुर रावतले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस