बिहिबार, ०३ असोज २०८१

बाजुरामा १ सय १० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट

मदिरा बनाउन प्रयोग गरिएका भाडावर्तन समेत बरामद

प्रमित विक

बाजुरा :   जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले जिल्ला सदरमुका मार्तडीका विभिन्न वडाबाट मदिरा नियन्त्रणमा लिई नष्ट समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीेले मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी १ सय १० लिटर मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले बडीमालिका नगरपालिका ८ र ९ का विभिन्न होटेल पसल खानतलासी गर्दा उक्त परिणामको मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने गोप्य सूचनाका आधारमा मार्तडी बजार क्षेत्रका दुई वटा वडाबाट मदिरा बनाउन राखिएको ९५ लिटर कच्चा पदार्थ (पासा) र १५ लिटर अवैध घरेलु मदिरा गरी १ सय १० लिटर नष्ट गरेको प्रहरी प्रमुख डीएसपी कविन्द्र सिंह बोहराले बताएका छन् ।

घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाडावर्तन समेत बरामद गरिएको र मदिराका कारण झै–झगडा तथा अन्य अनैतिक गतिविधी बढ्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । घरेलु मदिराका कारण हुने विभिन्न घरेलु हिंसा र जघन्य उपराध रोक्न जिल्ल प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानुनी कारबही गरिदै आएको डीएसपी बोहराले बताएका छन् ।

जिल्लाका ९ वडा स्थानीय तह मध्ये केही स्थानीय तहले मदिरा बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । प्रायजसो जिल्ला सबै पालिकाले मदिरालाई व्यवस्थापन गर्ने निर्णय गरेकै छन् । तर निर्णय गरेपनि उचित व्यवस्थापन हुन सकेको छैन् । गौमुल गाउँपालिकाले भने मदिरा व्यवस्थापन गरेको छ । कार्यविधी बनाई मदिरा व्यवस्थापनलाई कार्यान्वयन गरेको छ ।

गाउँपालिका भित्र घरेलु मदिरा शुन्य रुपमै बन्द गरेको छ । प्याकिङ सिसाको बोतलको मदिरा भने गाउँपालिकाले बनाएको मदिरा कार्डको आधारमा तोकिए बमोजिम प्रत्येक व्यक्तिले एमएलको हिसाबले खान पाउने नियम लागु छ । सो नियम कार्यान्वयमा रहेको छ । जिल्लाका ९ वटै स्थानीय तहले मदिरा व्यवस्थापन गर्ने निर्णय गरेको भएपनि सफल गौमुल गाउँपालिका मात्र बनेको देखिन्छ । गौमुल मदिरा व्यवस्थापन गर्ने देशकै पहिलो पालिकाको रुपमा पनि चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस