बिहिबार, ०३ असोज २०८१

मैले पार्टीको उपाध्यक्ष मात्र होइन हितैषी मित्र र सुख दुःखको साथी गुमाएँ : ओली

निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताएका छन् ।

मङ्गलबार २६, भदौ २०८० ११:५६

सहमति र सहकार्यका प्रवक्ता नेम्वाङ

पहिलो संविधानसभा निर्वाचन परिणामले माओवादी उदयको एउटा मनोविज्ञान सिर्जना भएको थियो । लामो समयका संस्थापन कांग्रेस र एमाले सानो आकारमा खुम्चिएका थिए । स्थायी सरकार भनिने कर्मचारीतन्त्रभित्र चर्को त्रास थियो । अवसर छोप्न माहिर यो वर्ग भित्र सानो–ठूलो माओवादी देखिने क्रम सुरु भइसकेको थियो ।

मङ्गलबार २६, भदौ २०८० १२:०१

तीनदिन देखि बाजुराको फाइवर नेट सेवा अवरुद्ध

नेपाल टेलिकमले प्रवाह गर्ने इन्टरनेट सुविधा अवरुद्ध भएपछि दैनिक कामकाज प्रभावित बनेका छन् । साँफे मार्तडी सडक अन्र्तगतको बल्देमा पानीसँगै पहिरोले गर्दा पोल ढलेर अप्टीकल फाइबरको तार काटिएपछि नेटसेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका निमित्त कार्यालय प्रमुख मानबहादुर रोकायाले बताएका छन् ।

मङ्गलबार २६, भदौ २०८० ०६:२४

एमाले बाजुराका २८ गतेसम्मका प्रशिक्षण कार्यक्रम स्थगीत, भदौ २७ गते शोक सभा गर्ने

पार्टी उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष नेम्वाङ हृदयधातका कारण भदौ २४ गते राती निधन भएको हो । एमालेले देश व्यापी रुपमा उपाध्यक्षको शोकमा सबै कार्यक्रम स्थगीत गर्ने र तीन दिन शोक मनाउने निर्णय गरेको छ । भदौ २८ गतेसम्मका सबै कार्यक्रम देश व्यापी रुपमा स्थगीत गरिएको छ ।

मङ्गलबार २६, भदौ २०८० ०७:४२

डा. समिता पुनलाई बाजुरा जिल्ला अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी

बाजुरा अस्पताल लामो समयदेखि करार सेवाका कर्मचारीको नेतृत्वमा सञ्चालन हुदै आएको थियो । यस अघिका कार्यालय प्रमुख डाक्टर मिलन जोशीको भदौ २ गते करार सेवाको अवधी सकिएको थियो । लगत्तै डाक्टर चेतबहादुर धामीले अस्पतालको प्रमुखका जिम्मेवारी पाएका थिए ।

मङ्गलबार २६, भदौ २०८० ०७:५१

बेबारिसे शवको बुढीनन्दामा नगरपालिकाद्धारा व्यवस्थापन

बुढीनन्दा नगरपालिका ५ खोयाका रामबहादुर वादीको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारकै क्रममा मृत्यु भएको छ । लामो समयदेखि कमलपीत्त रोगबाट पीडित ३४ वर्षका रामबहादुर वादीका आफन्त र नजिकको कोही पनि थिएनन् । कसैले शवकाृ जिम्मेवारी नलिने भएपछि पालिकाले कर्मचारीलाई परिचालन गरेर शव व्यवस्थापन सहीत दाह संस्कार गरेको हो ।

मङ्गलबार २६, भदौ २०८० ०८:०२

बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है !

बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।

मङ्गलबार २६, भदौ २०८० ०९:३९

जनताले महसुस गर्ने गरेर काम गरिरहेका छौँ : नगरप्रमुख बानियाँ

बाजुराका साविकाका बाह्रविस, कुल्देमाडौ र ब्रहमतोला गाविस मिलेर बनेको बुढीगंगा नगरपालिका नेता धेरै जन्माएको क्षेत्र भए पनि भौतिक पूर्वाधारको विकासका दृष्टीले भने पछाडि नै छ ।

बुधबार २७, भदौ २०८० १२:३३

आज कुशे औंसी, पितृ सम्मान दिवस मनाइँदै

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

बिहिबार २८, भदौ २०८० ०७:५९

नेम्वाङको आज अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।

बिहिबार २८, भदौ २०८० ०८:१३

बुढीगंगाले कार्तिक १९ देखि खुला मेयरकप भलिबल आयोजना गर्ने

सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि भाग लिन पाउने गरि मेयर कप आयोजना गर्न लागिएको हो । दशै तिहारको बीचमा घर फर्किएका युवाहरु बीचको आपसी भेटघाट र खेलाडीबीचको सहकार्यका लागि मेयर आयोजना गर्न लागिएको पालिकाले बताएको छ ।

बिहिबार २८, भदौ २०८० ०१:५०

बाजुरामा स्क्रब टाइपस रोगको संक्रमण, चार महिनामा ४० बढी विरामी भेटिए

मुसा लगायतका प्रजातिमा पाइने सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा, किर्ना आदिको टोकाइबाट सर्ने रोगको संक्रमण बाजुरामा वृद्धि हुदै गएको पाइएको छ । उपचारका लागि आउने मध्ये दैनिक १।२ जनामा स्क्रब टाइपस रोगको संक्रमण देखिने गरेको डाक्टर चेतबहादुर धामीले जानकारी दिएका छन् ।

बिहिबार २८, भदौ २०८० ०२:२२

मर्यादित तीज मनाउन बडीमालिकाको आग्रह, ९ बजेपछि नाचगान गर्न नपाइने

नगरपालिकाका तर्फबाट सार्वजनिक सूचना जारी गर्दै सभ्य, सुसंस्कृत र व्यवाहारित तीजका गीतमा नाचगान तथा सँस्कृति प्रस्तुत गर्न आग्रह गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएका छन् । जिल्ला सदरमुकाम मार्तडी लगायतका बजार क्षेत्रमा हरेक रात भद्दा नाचगान, होहल्ला, मदिरा सेवक गर्नेहरुको भीड बढ्न थालेपनि नगरपालिकाले कडाइ गरेको हो ।

बिहिबार २८, भदौ २०८० ०७:१४

एमाले नेता अजबहादुर मल्लको नाम समाजवादी पार्टीको केन्द्रीय सदस्यको सूचीमा

मल्लले २०७९ सालको संघ र प्रदेशको निर्वाचनमा पनि खुलेर नेकपा एमालेलाई सहयोग नगरेको आरोप लागएको थियो । तर त्यो नेकपा एमालेका तर्फबाट कुनै पार्टी कमिटीको दस्तावेजमा उल्लेख नभएकोले आरोप प्रमाणित हुन सकेको थिएन् । नेकपा एमाले भित्र लामो समय राजनीति गरेका मल्ले केही आश्वासन सहीत समाजवादी रोजेको हुन सक्ने अनुमान गरिएको छ ।

बिहिबार २८, भदौ २०८० ०७:५८

बेरुजु प्रतिको बुझाई र म माथि लागेको आरोप !

बाजुरा प्राय स्थानीय तह प्राविधिक सेवाका निमित्तले चलाई रहेका र उहाँहरु संग नत प्रशासनिक ज्ञान छ,नत लेखा सम्बन्धित ज्ञान नभएका कारण नेपाल सरकारको नीति र विधि भन्दा जनप्रतिनिधिको आज्ञापालक भएका कारण खर्च गर्नुपर्ने शिर्षकमा खर्च नभएर अन्य शिर्षकमा खर्च भएका कारण एकातिर विकासको नाममा आएको बजेट कर्मचारीमा खर्च भएको छ,भने बेरुजुका कारण स्थानीय तह बदनाम हुने स्थितिमा पुगेका छन।आफ्नो कार्यकालको जिम्मेवारी आफै हौ भन्ने जानकारी नभएका कार्यालय प्रमुख र बाहिर जिल्लाका लेखापालले आफु अनुकुल सरुवा मागेर अन्यत कार्यालयमा जाने भएकोले सम्परिक्षण र फर्छयौंटमा ध्यान नदिदा बर्षेनी बेरुजुको आकार बढीरहेको छ।

शुक्रबार २९, भदौ २०८० १०:०३

प्रतिनिधिसभा बैठकमा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा संसदमा एक सदस्य पद रिक्ति भएको सदनलाई जानकारी गराईएको छा । सभामुख देवराज घिमिरेले इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएका हुन् ।

शुक्रबार २९, भदौ २०८० ०२:४८

त्रिवेणी नगरपालिकामा सद्भावका लागि तीज बिशेष कार्यक्रम

महिला दिदीबहिनीको साँस्कृतिक पर्व तीजलाई भेटघाट र सद्भावको पर्वका रुपमा मनाउन पालिका भरिकै महिलाहरु बोलाएर कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । तीज बिशेष कार्यक्रममै दर खाने, नाचगान र रमाइलो गर्ने कार्यक्रम राखिएको थियो ।

शुक्रबार २९, भदौ २०८० ०४:०७

डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्य कर्मीले हातमा कालो पट्टी बाँधेर घटनाको विरोध गरेका छन् । भोली जुनसुकै व्यक्ति र स्वास्थ्य संस्था माथि यस्ता घटना हुन सक्ने भन्दै कुटपीटमा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरिएको अस्पतालमा डाक्टर चेतबहादुर धामीले बताएका छन् ।

शुक्रबार २९, भदौ २०८० ०५:५९

बुढीगंगाले मंसिरमा नगर समृद्धिका लागि विकास कचहरी गर्ने

राजनीतिक आस्था र विचार माथि विकास राख्ने राजनीतिक समझदारी र सहकार्यका लागि विकास कचहरी गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । मंसिर १६ देखि १८ गतेसम्म पालिका भित्रका सबै राजनीतिक दल, विकासे निकाय, वौद्धिक वर्ग र आम सर्वसाधारणलाईसँगै राखेर कचहरी गर्न लागिएको हो ।

शुक्रबार २९, भदौ २०८० ०७:४८

बाजुरामा बाल दिवसको रौनक, विद्यालय र पालिका केन्द्रमा मनाइयो बाल दिवस

नौ वटै स्थानीय तहले पालिका स्तरीय कार्यक्रम गरि बाल दिवस मनाएका छन् । नाचगान, वक्तत्व, नृत्य, निबन्ध, वादविवाद, साँस्कृतिक कार्यक्रम सहीतका कार्यक्रम गरेर दिवस मनाइएको छन् । बुढीनन्दा नगरपालिकाले १० वटै वडाका साँस्कृतिक प्रस्तुती सहीत कार्यक्रम गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

शुक्रबार २९, भदौ २०८० ०८:०६

जनप्रकाश माविको शैक्षिक स्मारिका विमोचन

गिरीले नै सम्पादन गर्नु भएको स्मारिकामा विभिन्न क्षेत्रका ५१ जनाका लेख रचना समेटिएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दराम बिष्टको अध्यक्षतामा सञ्चालन भएको शैक्षिक स्मारीका बिमोचन कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो ।

शुक्रबार २९, भदौ २०८० ११:११

तीनकुने सामूहिक हत्या : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए ।

शनिबार ३०, भदौ २०८० ०८:२१

सुदूरपश्चिममा तीन वर्षको अवधीमा २८१ बहुविवाहका मुद्दा प्रहरीमा

प्रदेशभित्र पछिल्लो तीन वर्षको अवधिमा मात्र बहुविवाहका दुई सय ८१ मुद्दा प्रहरीमा दर्ता भएका छन्। मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ। अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई समेत पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

शनिबार ३०, भदौ २०८० ०८:३९